Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Nepal Provinces News Gandaki Province

पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर

अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनी प्रतिवादी

Editorial Team by Editorial Team
March 23, 2026
in Gandaki Province, Nepal, News
0
पोखरा विमानस्थलको दोस्रो भ्रष्टाचार मुद्दा दायर
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा भ्रष्टाचार भएको दाबीसहित विशेष अदालतमा दोस्रो मुद्दा दायर गरेको छ । आयोगले तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ जना व्यक्ति र २ कम्पनीलाई प्रतिवादी बनाएर मुद्दा दायर भएको हो ।
अख्तियारले पहिलो मुद्दा दायर गर्दा नै पोखरा विमानस्थल निर्माणमा राजस्व छुटलगायतका विषयमा अनुसन्धान भइरहेको र छिट्टै मुद्दा दायर हुने भनि विवरण पेस गरेको थियो ।
आयोगले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम, राजन पोखरेल, प्रदीप अधिकारीसमेत २१ जना र दुई ठेकेदार कम्पनी र एउटा परामर्शदाता कम्पनी उपर सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । त्यसैगरी आयोगले नेपाल नागरिक उड्‌डयन प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल, प्राधिकरणका तत्कालीन निर्देशक ध्रुवदास भोछिभोयाको हकमा निजको हकवाला श्रीमती यमुना देवी श्रेष्ठ, नेपाल नागरिक उड्‌डयन प्राधिकरण, राष्ट्रिय गौरब आयोजनाका तत्कालीन आयोजना निर्देशक तथा प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारी, प्राधिकरणका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल, तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने, तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनंकर्मी, प्राधिकरणका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु, लेखा अधिकृत तथा उपप्रबन्धक प्रमोद नेपाल र वरिष्ठ लेखा अधिकृत तथा उपप्रबन्धक सबिन फुयाल, तत्कालीन उपप्रबन्धक हिमज्योती थापा, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी माथि मुद्दा दायर गरेको छ ।
त्यसैगरी, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाको परामर्शदाता कम्पनी ERMC/A-not/Slate JV तथा उक्त JV को मुख्य भई कार्य गर्ने यम बहादुर भण्डारी, उद्धवराज चौलागाई, शोभेन्द्रराज जोशी र प्रमोद दवाडी तथा निर्माण व्यवसायी China CAMC Engineering Co., Ltd र सोका मुख्य भई काम गर्ने Chairman Mr. Wang Bo एवं Project Manager Mr. Yang Zhigang विरूद्ध पनि मुद्दा दायर भएकाे छ । अख्तियारले ४६ करोड, १५ लाख, ८४ हजार ४३४ रुपैयाँ बिगो माग गरेको छ ।
Advertisement Banner
Previous Post

कांग्रेसले सभापति थापाको राजीनामा अस्वीकार

Next Post

नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

Editorial Team

Editorial Team

Next Post
नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

नेपाली कांग्रेसमा समानान्तर समिति गठन प्रक्रिया अघि बढाउने निर्णय

Recommended

Tribhuvan International Airport generates nearly Rs 13 billion, leads aviation revenue

Bad weather disrupts flights at Tribhuvan International Airport

8 months ago
Immigrant teens with strong connection to heritage and identity have better belonging, mental health and academic success

Immigrant teens with strong connection to heritage and identity have better belonging, mental health and academic success

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.