काठमाडौं,वैशाख १०। नेपाल विद्युत् प्राधिकरणले सुख्खा याममा बिजुली उत्पादन नहुँदा लोडसेडिङ भएको जनाएको छ।आइतबार पत्रकार सम्मेलन गरेर प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सुख्खा याममा बिजुली उत्पादन नहुँदा लोडसेडिङ भएको बताएका हुन्।
देशभरका उद्योगी व्यवसायीले लोडसेडिङ बढेको गुनासो गर्न थालेपछि घिसिङले पत्रकार सम्मेलनको आयोजना गरेको थियो।घिसिङले यसपटकको सुख्खा याममा हिउँ नपर्दा हिउँ पग्लिनुपर्ने समय सुख्खा याममा परिणत भएको बताए।
पुस माघ महिनामा हिमाली क्षेत्रमा उच्च मात्रामा हिउँ पर्नुपर्ने हो।तर,उक्त समयमा हिउँ नपर्दा यति बेला हिउँ पग्लेर नदिको तह बढ्नुपर्ने समयमा बिजुलीको उत्पादन घटेको प्राधिकरणले जानकारी दिएको छ।
घिसिङले अबको १५ दिन नेपालको माग धान्न मुस्किल रहेका कारण १५ दिनपछि निर्यात कसरी गर्ने भन्नेमा प्राधिकरण चिन्तित रहेको घिसिङको भनाई छ।
Comments are closed.