Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार

Editorial Team by Editorial Team
March 25, 2026
in News, World
0
क्रोएसियाद्वारा इन्धनको मूल्य सीमा थप दुई हप्ताका लागि विस्तार
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- मध्यपूर्वको असहज परिस्थितिका कारण इन्धनको मूल्य बढिरहेका बेला क्रोएसियाली सरकारले इन्धनको मूल्यमा लगाइएको सीमालाई थप दुई हप्ताका लागि लम्ब्याउने निर्णय गरेको छ ।
प्रधानमन्त्री आन्द्रेज प्लेन्कोभिकले आयोजित सरकारी बैठकमा यसबारे जानकारी दिनुभएको हो । मंगलवारदेखि लागू हुने नयाँ नियमअनुसार साधारण पेट्रोलको मूल्य प्रतिलिटर १.६२ युरो (१.८८ अमेरिकी डलर) पुग्नेछ भने साधारण डिजेलको मूल्य प्रतिलिटर १.७३ युरो (२ डलर) कायम हुनेछ । यस्तै, मुख्यतया कृषि र माछापालन क्षेत्रमा प्रयोग हुने ‘ब्लु डिजेल’को मूल्य बढेर प्रतिलिटर १.१९ युरो (१.३८ डलर) पुग्ने समाचारमा उल्लेख छ ।
यदि सरकारले यो कदम नचालेको भए साधारण पेट्रोलको मूल्य १.७१ युरो (१.९८ डलर), डिजेलको १.८६ युरो (२.१६ डलर) र ब्लु डिजेलको मूल्य १.२३ युरो (१.४३ डलर) प्रतिलिटर पुग्ने प्रक्षेपण गरिएको थियो । सन् २०२० यता बढ्दो मूल्यवृद्धिको प्रभावबाट सर्वसाधारण र व्यवसायहरूलाई जोगाउन सरकारले ल्याएको यो १० औँ राहत प्याकेज हो। गत फेब्रुअरी महिनामा क्रोएसियाको वार्षिक मुद्रास्फीति दर ३.८ प्रतिशत रहेको थियो । प्रधानमन्त्री प्लेन्कोभिकका अनुसार मध्यपूर्वमा देखिएको तनाव र विश्वव्यापी तेल बजारमा आएको अवरोधका कारण पछिल्ला हप्ताहरूमा ऊर्जाको मूल्य बढेको हो। सरकारको यस कदमले बढ्दो महँगीको भारलाई कम गर्न मद्दत गर्ने विश्वास व्यक्त गरिएको छ ।
मूल्य सीमाको यो नियम राजमार्गमा रहेका पेट्रोल पम्पहरूमा भने लागू हुने छैन, जहाँ मूल्यहरू खुला बजारअनुसार नै रहनेछन् । तोकिएको यो नयाँ मूल्य दर आगामी अप्रिल ६ सम्म प्रभावी रहनेछ ।

Advertisement Banner
Previous Post

‘चीनको १५ औँ पञ्चवर्षीय योजना-नेपालका लागि अवसर’

Next Post

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

Editorial Team

Editorial Team

Next Post
फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

Discussion about this post

Recommended

Nepali Congress urges govt to ensure free, fair, and fearless elections

Nepali Congress urges govt to ensure free, fair, and fearless elections

1 month ago
President Mrs. Bidya Devi Bhandari addressed the Annual Conference of the Boao Forum for Asia 2022

Nepal: President Bidya Devi Bhandari appoints resident ambassadors to Egypt, Austria

4 years ago

Don't Miss

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

इटहरीको पूर्वाञ्चल क्याफेमा लागेको आगलागी नियन्त्रणमा

March 25, 2026
आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

आईसीसी वुमेन्स च्यालेन्ज ट्रफी खेल्ने प्रारम्भिक राष्ट्रिय टोली घोषणा

March 25, 2026
थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

थप १२ राष्ट्रले अमेरिकी भिसा प्राप्त गर्न १५ हजार डलर तिर्नुपर्ने

March 25, 2026
महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

महाधिवेशन नगरेका ६ भ्रातृ संगठन विघटन गर्ने कांग्रेसको तयारी

March 25, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.