Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

संघीय निजामती विधेयक ४५ दिनमा तर्जुमा, शिक्षक–कर्मचारी दलमुक्त बनाउने

Editorial Team by Editorial Team
March 29, 2026
in Nepal, News
0
संघीय निजामती विधेयक ४५ दिनमा तर्जुमा, शिक्षक–कर्मचारी दलमुक्त बनाउने
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – बालेन शाह नेतृत्वको सरकारले सार्वजनिक गरेको शासकीय सुधारका १०० कार्यसूचीमा संघीय निजामती सेवा विधेयक ४५ दिनभित्रै तर्जुमा गर्ने विषय उल्लेख छ । शनिबार सार्वजनिक भएको कार्यसूचीमा कर्मचारी, शिक्षक, प्राध्यापक तथा रसबै राष्ट्रसेवकलाई दलीय आबद्धतामुक्त पार्ने उल्लेख गर्दै त्यसका लागि ४५ दिनभित्र संघीय निजामती सेवा विधेयक तर्जुमा गर्ने विषय उल्लेख छ ।
‘सार्वजनिक प्रशासनलाई पूर्णत: राजनीतिक हस्तक्षेपबाट मुक्त गर्दै निष्पक्ष, तटस्थ र नागरिकप्रति उत्तरदायी बनाउने,’ कार्यसूचीमा भनिएको छ, ‘यस उद्देश्यका लागि निजामती कर्मचारी, शिक्षक, प्राध्यापक तथा सबै राष्ट्रसेवकले कुनै पनि दल, समूह वा स्वार्थ केन्द्रसँगको प्रत्यक्ष वा अप्रत्यक्ष आबद्धताबाट मुक्त भई कार्यसम्पादन गर्न अनिवार्य गर्ने र उल्लङ्घन भएमा प्रचलित कानुनबमोजिम कडाइका साथ विभागीय कारवाही गर्ने ।’
साथै, सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरी अवाञ्छित हस्तक्षेप र अनौपचारिक दबाबको अन्त्य गर्दै निर्णय प्रक्रिया तथा सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषय पनि सोही कार्यसूचीमा उल्लेख छ । ‘यसका लागि आवश्यक कानुनी व्यवस्था विशेषत: सङ्घीय निजामती सेवा विधेयक ४५ दिनभित्र तर्जुमा गर्ने,’ उक्त कार्यसूचीमा भनिएको छ ।
यस्तै विद्यमान भ्रष्टाचार, ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहारजस्ता प्रवृत्तिहरूको सुधार गर्दै कर्मचारीतन्त्रलाई उत्तरदायी, सेवामुखी, जनमुखी र उदाहरणीय बनाउन कर्मचारी आचारसंहिताको अक्षरश: कार्यान्वयन गर्ने विषय पनि कार्यसूचीमा उल्लेख छ । ‘साथै, कर्मचारीहरूले व्यावसायिक मर्यादा कायम राख्दै निष्पक्ष, तटस्थ र सरकारका निर्णयहरूको प्रभावकारी कार्यान्वयनमा समर्पित भई काम गर्ने वातावरण सुनिश्चित गर्ने,’ कार्यसूचीमा अगाडि भनिएको छ ।

Advertisement Banner
Previous Post

सिआइबीद्धारा पूर्वमन्त्री दीपक खड्का पक्राउ

Next Post

“मन्त्रिपरिषद्को निर्णयपछि एकाएक पक्राउ: पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकमाथि ‘ज्यानसम्बन्धी कसुर’ छानबिन सुरु”

Editorial Team

Recommended

Sonam Wangchuk asks, “When Will We Be Free to Learn in Our Mother Tongue?”

Sonam Wangchuk asks, “When Will We Be Free to Learn in Our Mother Tongue?”

4 years ago
Finland suspects ship of damaging cable in Baltic Sea, in latest such incident

Finland suspects ship of damaging cable in Baltic Sea, in latest such incident

7 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.