काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान प्रभावित भएको छ ।
‘भिजिबिलिटी’ कमजोर हुँदा विमानस्थलबाट हुने आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान सामान्यरुपमा प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार प्रतिकूल मौसमले भिजिबिलिटी कमजोर हुँदा अहिले ‘इन्ट्रयुमेन्ट फ्लाई रुल्स’(आइएफआर) उडान मात्रै भइरहेको छ ।
अन्तर्राष्ट्रिय र आन्तरिकतर्फका विभिन्न गन्तव्यका उडान समयमै हुन सकेका छैनन् भने अन्तर्राष्ट्रियतर्फका केही जहाज आकाशमा फन्को (होल्ड) लगाइरहेका छन् । मौसम खराबीले आन्तरिक उडान हुने हिमाली जिल्ला खासगरी लुक्ला, सिमिकोटलगायत विमानस्थलको उडान बन्द गरिएको छ । अन्य दुर्गम क्षेत्रका विमानस्थलमा पनि उडान सामान्य प्रभावित भएको छ ।
Trending Now
- डम्बर यक्सोको कवितासंग्रह ‘मेरा मनका अव्यक्त भावहरू’ लोकार्पण
- पहिचान पुरस्कार २०८० प्रगति राई र प्रकाश गुरागाईँलाई
- ‘सरित’ को लघुकथासंग्रह सार्वजनिक
- रश्मि भट्टको “शून्यबाट सुरु” कथासंग्रह लोकार्पण
- चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा आजदेखि मातातीर्थ मेला सुरु
- ‘Moru Digital Wallet’ included in PhonePay’s Inter-Affiliate Payment System
- आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरिदिन रास्वपाका चार मन्त्रीको पत्र
- दशरथ रंगशालाले गुमायो अन्तर्राष्ट्रिय मान्यता, अब घरेलु मैदानमा हुने खेल विदेशमै खेल्नु पर्ने
- लाइसेन्सको समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन,
- हैदराबादविरुद्ध मुम्बइको सहज जित, सूर्यकुमारको शतक
Comments are closed.