जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं, २३ वैशाख

काठमाडौं, १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर ताप्ली गाउँपालिका-२ घर भई हाल काठमाडौ नागार्जुन नगरपालिका-४ डेरा गरी बस्ने २२ वर्षीय दिनेश मगरलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई आफ्नो डेरा कोठामा ललाई फकाई लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दाङ, २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१५ कपासीस्थित होटलका संचालक सोही उपमहानगरपालिका-१४ मिलन चोक बस्ने ४२ वर्षीय डोर बहादुर खत्रीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । खत्रीले आफ्नै होटलमा काम गर्ने ती महिलालाई जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Comments are closed.