Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

अन्टार्कटिकाको ओजोन छिद्र २.१ करोड वर्गकिलोमिटरमा सीमित

Editorial Team by Editorial Team
December 9, 2025
in News, World
0
अन्टार्कटिकाको ओजोन छिद्र २.१ करोड वर्गकिलोमिटरमा सीमित
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- अन्टार्कटिकामाथि बनेको ओजोन छिद्र सन् २०२५ डिसेम्बर १ मा बन्द भयो । त्यो सन् २०१९ पछि सबैभन्दा चाँडो बन्द हुने घटना रेकर्ड भएको छ ।
यो वर्ष छिद्रको आकार मात्र सानो भएको छैन, यसको गहिराइ पनि कम रहेको रेकर्ड गरिएको छ । यसले ओजोन तह बिस्तारै बलियो हुँदै गएको भन्ने वैज्ञानिकको भनाइलाई थप ठोस आधार दिएको छ ।

यो वर्षको आकार र व्यवहार
अन्टार्कटिकामाथि हरेक वर्ष अगस्टदेखि डिसेम्बरसम्म ओजोन छिद्र विकास हुन्छ । यस वर्ष यो प्रक्रिया अगस्टको मध्यतिर सुरु भयो । त्यो सामान्य ढाँचासँग मेल खान्छ । सेप्टेम्बरको सुरुसम्म ओजोन छिद्र विस्तार हुँदै २.१ करोड वर्गकिलोमिटरसम्म पुगेको थियो ।
यो क्षेत्रफल ठूलो हो । तर, सन् २०२३ मा देखिएको २.६१ करोड वर्गकिलोमिटरको अभूतपूर्व छिद्रको तुलनामा उल्लेखनीय रूपमा सानो हो ।
सेप्टेम्बरभर छिद्र डेढदेखि दुई करोड वर्गकिलोमिटरको दायरामा कायम रह्यो । त्यो लगभग अन्टार्कटिकाको क्षेत्रफलजत्तिकै हो ।
अक्टोबरको अन्त्यसम्म अवस्था प्रायः उस्तै रह्यो । तर, नोभेम्बरमा छिद्र तीव्र गतिमा संकुचन हुन थाल्यो । र, अन्ततः डिसेम्बर १ मा बन्द भयो ।

न्यूनतमस्तरमा सुधार
यसपटक ओजोन स्तम्भको न्यूनतमस्तर पनि पछिल्ला केही वर्षको तुलनामा राम्रो रहेको देखिएको छ । ओजोन मास डेफिसिट पनि औसतभन्दा कम रेकर्ड गरिएको छ । यी दुवै संकेतले यो वर्ष छिद्रको गहिराइ थोरै र प्रभाव पनि तुलनात्मक रूपमा कम हानिकारक रहेको पुष्टि गर्छ ।
यो अवधिमा स्ट्र्याटोस्फियरमा हावा पनि तुलनात्मक रूपमा कमजोर रहेको छ । त्यसकारण बाहिरी क्षेत्रबाट ओजोन तहको हावा अन्टार्कटिकाको माथिल्लो वायुमण्डलमा सहज रूपमा प्रवेश गर्न सकेको थियो ।
कपरनिकसको रिपोर्ट र विश्व मौसम विज्ञान संगठनको ओजोन बुलेटिन २०२४ दुवैले गत वर्ष ओजोन तहलाई तुलनात्मक रूपमा कम क्षति पुगेको स्पष्ट संकेत दिएको छ ।

ओजोन छिद्र डिसेम्बरमा किन बन्द हुन्छ ?
अन्टार्कटिकामाथि ओजोन छिद्र सामान्यतया डिसेम्बरमा बन्द हुन्छ, किनकि त्यहाँको ध्रुवीय चक्रवात अत्यधिक चिसो र तीव्र गतिमा घुम्ने हावाको प्रणाली नोभेम्बरसम्म धेरै बलियो रहन्छ । यो चक्रवातले चिसो तापक्रम कायम राख्दै ओजोन नष्ट गर्ने रासायनिक प्रक्रिया सक्रिय बनाइराख्छ ।

तर, नोभेम्बरको अन्त्यतिर सूर्यको प्रकाश र तापक्रम बढ्न थाल्दा चक्रवात कमजोर हुँदै टुट्न थाल्छ । चक्रवात टुटेपछि तातो हावाको प्रवेश बढ्छ र ओजोनको पुनर्निर्माण तीव्र रूपमा सुरु हुन्छ । यही कारणले ओजोन छिद्र प्रायः डिसेम्बरको सुरुतिर बन्द हुने गर्छ ।

Advertisement Banner
Previous Post

आज राप्रपाको ‘बृहत् प्रदर्शन’ काठमाडौंमा सुरु

Next Post

शम्भुजित बास्कोटाको एकल साँझ कार्यक्रम अमेरिकामा सम्पन्न

Editorial Team

Editorial Team

Next Post
शम्भुजित बास्कोटाको एकल साँझ कार्यक्रम अमेरिकामा सम्पन्न

शम्भुजित बास्कोटाको एकल साँझ कार्यक्रम अमेरिकामा सम्पन्न

Recommended

NCP Joint Coordinator Nepal calls for majority to serve nation

NCP Joint Coordinator Nepal calls for majority to serve nation

9 months ago
Israel Conducts Targeted Strikes in Tehran and Beirut, Targets Hezbollah Infrastructure

Israel Conducts Targeted Strikes in Tehran and Beirut, Targets Hezbollah Infrastructure

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.