मन्त्री रमेश रिजाल र अमेरिकी राजदूतबीच भेट

काठमाडौँ ।  उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालसँग अमेरिकी राजदूत डिन आर थम्पसनले  शिष्टाचार भेटवार्ता गरेका छन् । बुधबार मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार तथा लगानी लगायत विविध विषयमा कुराकानी भएको थियो ।

भेटमा मन्त्री रिजालले नेपालको विकास लगायतका विविध क्षेत्रमा अमेरिकाले गर्दै आएको सहयोग सह्रानीय रहेको बताएका थिए। आगामी दिनहरूमा पनि द्विपक्षीय सम्बन्ध थप सुदृढ हुँदै जानेमा आफू विश्वस्त रहेको मन्त्री रिजालले स्पष्ट पारेका थिए । नेपाल र अमेरिकाबीच वर्षौँदेखिको मित्रता रहेको बताउँदै मन्त्री रिजालले अमेरिकी राजदूत डिन आर थम्पसनको कार्यकालमा नेपाल र अमेरिकाको सम्बन्ध अझै प्रगाढ रहने विश्वास व्यक्त गरे ।

नेपालमा लगानी भित्र्याउन अमेरिकी राजदूत डिन आर थम्पसनको पूर्ण सहयोगको अपेक्षा गर्दै मन्त्री रिजालले लगानीको वातावरण बनाउन नेपाल सरकार सदैव तयार रहेको स्पष्ट पारे । पर्यटन क्षेत्रमा कसरी बढी लगानी भित्र्याउन सकिन्छ भन्ने तर्फ मध्ये नजर गर्न जोड दिँदै मन्त्री रिजालले अमेरिकाले नेपाललाई गर्दै आएको सहयोग प्रति आभार व्यक्त गरे ।

भेटमा  अमेरिकी राजदूत थम्पसनले नेपालको आर्थिक वृद्धिमा नीतिगत रूपमा सहयोग गर्ने बताए ।  लगानीको वातावरण थप सुद्धृढ गराउन जोड दिँदै अमेरिकी राजदूत थम्पसनले नेपालको विकासमा अमेरिकी सरकारको हर सहयोग रहने विश्वास समेत दिलाए ।

Comments are closed.