बझाङमा हिमपहिरोमा परी तीनजना बेपत्ता भएका छन् भने दुईजना घाइते छन् । आइतबार सुर्मा गाउँपालिका–२ को धानशेरा भन्ने ठाउँमा हिमपहिरो जाँदा यार्सागुम्बा संकलन गर्न गएकाहरू हिमपहिरोमा परेको प्रहरीले जनाएको छ ।तीन जना बेपत्ता र दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। कार्यालयका अनुसार प्रहरी टोली अहिले घटनास्थलतर्फ गएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा र सशस्त्र प्रहरी बलका प्रहरी नायब निरीक्षक नेतृत्वको टोली घटनास्थलतर्फ गएको हो । घटनास्थल निकै टाढा भएकाले टोली पुग्न समय लाग्ने प्रहरीको भनाइ छ ।हिमपहिरोमा परेर घाइते भएका र बेपत्ता हुनेको परिचय भने खुलेको छैन ।
Trending Now
- 10th Edition Of World Art Dubai Opened At World Trade Centre In Dubai
- International Buddhist Conference at Lumbini from Saturday
- संसद्को बजेट अधिवेशन आह्वान
- रहेनन् भाइरल ‘भेलुबाजे’
- Government of Nepal has honoured Ncell’s Acting Chief Technical Officer, Lena Keshari Kansakar with the prestigious ‘National ICT Excellence Awards 2024’
- Ambassador of Nepal to Canada, Bharat Raj Paudyal, presented his Letters of Credence to Her Excellency the Rt. Hon. Mary J. May Simon, Governor General and Commander-in-Chief of Canada
- पत्रकार महासंघको अधिवेशन प्रधानमन्त्रीद्वारा उद्घाटन
- ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री
- Now there is no exemption from imprisonment and amnesty based on access: Home Minister Lamichhane
- जीबी राईको हत्या भइसकेको दाबी गर्ने डिल्लीराम प्रहरी फन्दामा
Comments are closed.