Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद

Editorial Team by Editorial Team
April 16, 2026
in Nepal, News
0
जिब्रो छेड्ने सुजनलाई बागमती प्रदेश सरकारले दियो २ लाख नगद
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

भक्तपुर – बोडेमा जिब्रो छेड्ने तयारीमा रहेका सुजन बाग श्रेष्ठलाई बागमती प्रदेश सरकारले दुई लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । वैशाख २ गते चौथोपटक जिब्रो छेड्न लागेका श्रेष्ठलाई मंगलबार बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले बागमती प्रदेशका तर्फबाट नगद दुई लाख रुपैयाँसहित सम्मान गर्नुभएको हो ।
जात्रामा जिब्रो छेड्ने व्यक्तिलाई मुख्यमन्त्री जोखिम संस्कृति संरक्षण तथा प्रवर्धन कार्यक्रम अन्तर्गत उक्त रकम सहित जिव्रो छेड्नेलाई सम्मान गरिएको संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले जानकारी दिनुभयो । गत वर्षको इन्द्रजात्रामा भएको जिब्रो छेड्ने जात्रामा पहिलोपटक वीरेन्द्रभक्त गजु श्रेष्ठलाई यो पुरस्कार प्रदान गरिको थियो ।
‘जिब्रो छेड्ने परम्पराको निरन्तरताका लागि काम गर्ने व्यक्तिहरूको सङ्ख्या कम हुँदै गएको छ । निकट भविष्यमा यो जात्रा लोप हुन नदिन र ऐतिहासिक जात्रालाई लोपोन्मुख सांस्कृतिक सम्पदाको रूपमा संरक्षण गर्न वर्षमा २ पटक आयोजना हुने जात्रामा सहभागी भई जिब्रो छेडाउने व्यक्तिलाई प्रोत्साहन रकमको व्यवस्था भएको हो’, उहाँले जानकारी दिनुभयो ।
मध्यपुर थिमी का दुई स्थानमा जिब्रो छेडाउने परम्परा छ। बोडेमा वैशाख २ गते जिब्रो छेडिन्छ भने थिमीको द्विगुटोलमा भाद्र शुक्ल चतुर्दशीमा जिब्रो छेडिन्छ।
यो जात्राले देशमा रोग व्याधि नलाग्ने, बालीनाली सप्रिने र अनिकालजस्ता प्राकृतिक विपत्तिबाट जोगिने जनविश्वास छ ।
बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयले बागा श्रेष्ठलाई मध्यपुर थिमीको जिब्रो छेड्ने स्थान नजिक नै गएर सम्मान गरेको थियो । उहाँलाई सम्मान गर्ने कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका नगर प्रमुख सुरेन्द्र श्रेष्ठ, पर्यटन कार्यालय काठमाडौँका प्रमुख पवन पोखरेल, थिमी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ, लगायतका महानुभावहरूको उपस्थिति रहेको थियो ।

Advertisement Banner
Previous Post

मन्त्रालयको ‘२ दिनभित्र निर्णय’ कडा आदेश: ढिलासुस्ती अन्त्य गर्ने भन्दै नयाँ आचारसंहिता लागू, कर्मचारीमाथि कडाइ सुरु

Next Post

पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

Editorial Team

Editorial Team

Next Post
पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

पाकिस्तानको कूटनीतिक सक्रियता, अमेरिका–इरान संवाद अघि बढ्ने संकेत

Recommended

Nepal: Iron and steel imports rise to Rs 52.95 billion, while exports plunge 72.74%

Nepal: Iron and steel imports rise to Rs 52.95 billion, while exports plunge 72.74%

9 months ago
सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

सपथअघि पशुपतिनाथ मन्दिरमा राप्रपा सांसदको प्रतिज्ञा: हिन्दू राष्ट्र

5 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.