काठमाडौँ – भीष्मराज आङदेम्बे नेपाली कांग्रेसको संसदीय दलको नेतामा सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिका संयोजक सहमहामन्त्री प्रकाश स्नेह रसाइलीद्वारा दलको नेता सर्वसम्मत भएका हुन् । आङदेम्बेलाई दलको नेता बनाउने प्रस्ताव संसदीय दलको बैठकबाट सर्वसम्मत पारित भएकाे निर्वाचन समितिका संयोजक सहमहामन्त्री रसाइलीले बताए ।
सोमबार संसदीय दलको बैठकमा निर्वाचन समितिका संयोजक पार्टी सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले आङ्देम्बेलाई सर्वसम्मत दलको नेता भएको घोषणा गरेका हुन् ।
२०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा आदिवासी जनजाती कोटामा सहमहामन्त्री निर्वाचित भएका आङ्देम्बेले प्रतिनिधि सभाको दोस्रो यात्रामा नै दलको नेता बन्ने सौभाग्य प्राप्त गरेका हुन् । यसअघि उनी २०७० सालमा भएको दोस्रो प्रतिनिधि सभा निर्वाचनमा प्रतिनिधि सभाको समेत काम गरे संविधानसभाको सदस्य बनेका थिए । त्यो बेला उनी प्रतिनिधि सभाको उद्योग, वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित सम्बन्ध समिति सभापति भएर काम गरेका थिए ।
०७८ सालमा भएको कांग्रेसको १४ औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यालनबाट उम्मेदवार बनेर सहमहामन्त्री जितेका आङ्देम्बे २०३६ सालमा भएको जनमत सङ्ग्रहदेखि निरन्तर कांग्रेसका विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आइरहेका छन् ।
जनमत सङ्ग्रहमा कांग्रेसबाट बहुमतको पक्षमा उभिएका आङ्देम्बेले २०४२ सालमा नेपाल विद्यार्थी सङ्घको सदस्यता लिएका थिए । २०४६ सालदेखि २०५२ सालसम्म नेपाल विद्यार्थी सङ्घको केन्द्रीय सदस्य भएर काम गरेका आङ्देम्बे २०५४ सालमा नेपाल तरुण दलको उपाध्यक्ष बनेका थिए । कांग्रेसका ११, १२ र १३ औँ महाधिवेशनमा केन्द्रीय सदस्य बन्दै जिम्मेवारी निर्वाह गरेका आङदेम्बे १४ औँ महाधिवेशनबाट सहमहामन्त्री बने । आङ्देम्बे २०२१ साल असोज १५ गते पिता धनेन्द्रराज र माता डम्बरकुमारीको कोखबाट पाँचथरमा जन्मिएका थिए।








Discussion about this post