Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनको सजाय बढाएर ७ वर्ष पुर्‍याइयो

Editorial Team by Editorial Team
April 30, 2026
in Nepal, News
0
दक्षिण कोरियाका पूर्व राष्ट्रपति युनको सजाय बढाएर ७ वर्ष पुर्‍याइयो
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ– दक्षिण कोरियाको सियोल उच्च अदालतले गिरफ्तारीमा अवरोध पु¥याएको अभियोगमा पूर्व राष्ट्रपति युन सुक–योलको जेल सजाय बढाएर सात वर्ष तोकेको छ । बुधवार भएको पुनरावेदन सुनुवाइमा अदालतले तल्लो अदालतको पाँच वर्षको जेल सजायलाई उल्ट्याउँदै दुई वर्ष कैद थप गरेको हो ।
स्वतन्त्र काउन्सिल चो युन–सुक नेतृत्वको टोलीले युनविरुद्धको राजद्रोह र अन्य अभियोगहरूमाथि अनुसन्धान गर्दै १० वर्षको कैद सजाय माग गरेको थियो । उच्च अदालतको यो फैसलापछि युनको कानुनी टोलीले सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको सञ्चारमाध्यमहरूले जनाएका छन् ।
अदालतले युनले आफ्नो गिरफ्तारी रोक्नका लागि शक्ति दुरुपयोग गरेको र सरकारी कार्यसम्पादनमा अवरोध पु¥याएको ठहर गरेको छ । सन् २०२५ को जनवरीमा भ्रष्टाचार विरोधी निकायले युनलाई पक्राउ गर्ने प्रयास गर्दा उनले राष्ट्रपतीय सुरक्षा सेवाको प्रयोग गरी अनुसन्धानकर्ताहरूलाई निवास प्रवेशमा रोक लगाएका थिए । त्यसबेला सुरक्षाकर्मीहरूले मानव साङ्लो र बसहरू प्रयोग गरी अवरोध सिर्जना गरेका थिए । उच्च अदालतले राष्ट्रपतीय निवासमा गरिएको खानतलासी र गिरफ्तारीको वारेन्ट कानुनी रूपमा वैध रहेको पुष्टि गरेको छ । महाअभियोग लागेका पूर्व नेता युनले फोनका गोप्य रेकर्डहरू मेटाउन आदेश दिएको र सैनिक ऐन घोषणासँग सम्बन्धित कागजातहरू नष्ट गरेको अभियोगमा समेत दोषी पाइएको छ ।
यसअघि तल्लो अदालतले केही विषयमा सफाइ दिएको भए पनि, उच्च अदालतले युनले मन्त्रिपरिषद्का नौ सदस्यहरूको अधिकार हनन गर्दै सैनिक ऐन घोषणालाई वैधता दिन खोजेको ठहर गरेको छ । साथै, संवैधानिक व्यवस्थामा खलल पु¥याउने कुनै मनशाय नरहेको भन्दै विदेशी सञ्चारमाध्यममा झूटो सूचना प्रवाह गर्न आदेश दिएको विषयमा पनि उनी दोषी ठहरिएका छन् ।
स्मरण रहोस्, युन सुक–योलले ३ डिसेम्बर २०२४ मा संकटकालीन सैनिक ऐन (मार्शल ल) घोषणा गरेका थिए, जसलाई केही घण्टापछि नै संसदले खारेज गरिदिएको थियो । सोही राजद्रोहको अभियोगमा गत फेब्रुअरीमा उनलाई जन्मकैदको सजाय सुनाइएको थियो। अप्रिल २०२५ मा संवैधानिक अदालतले महाअभियोग प्रस्ताव सदर गरेपछि उनी आधिकारिक रूपमा पदमुक्त भएका थिए ।
युन बहालवाला राष्ट्रपति छँदै पक्राउ पर्ने र राजद्रोहको मुख्य योजनाकारका रूपमा अभियोग दर्ता गरिएका दक्षिण कोरियाका पहिलो नेता हुन् ।

Advertisement Banner
Previous Post

चक्रपथ विस्तारको दोस्रो चरणको काम अघि बढ्ने, नेपाल र चीनबीच सम्झौता

Next Post

युक्रेन र इरान द्वन्द्व समान समयसीमामा अन्त्य हुनसक्ने राष्ट्रपति ट्रम्पको सङ्केत

Editorial Team

Editorial Team

Next Post
युक्रेन र इरान द्वन्द्व समान समयसीमामा अन्त्य हुनसक्ने राष्ट्रपति ट्रम्पको सङ्केत

युक्रेन र इरान द्वन्द्व समान समयसीमामा अन्त्य हुनसक्ने राष्ट्रपति ट्रम्पको सङ्केत

Recommended

आज अटिजम जागरुकता दिवस: विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

आज अटिजम जागरुकता दिवस: विश्वभर विभिन्न कार्यक्रम गरेर मनाइँदै

5 months ago
गैँडाकोटमा चार गजलकारले सुनाए गजल

गैँडाकोटमा चार गजलकारले सुनाए गजल

9 months ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.