काठमाडौँ – जारी आइपिएलमा आज दुई खेल हुदैछन् । आज पहिलो खेल सनराइजर्स हैदरावाद र कोलकोता नाइट राइडर्सबीच हुदैछ । हैदरावादमा हुने यो खेल नेपाली समय अनुसार दिउसो ३: ४५ बजेदेखि हुदैछ ।जारी आइपिएलमा अहिलेसम्म सनराइजर्सले ९ खेलमा ६ जित र ३ हारसहित १२ अंक हासिल गरेको छ र हाल तेस्रो स्थानमा रहेको छ ।त्यसैगरी कोलकोताको यो सिजनमा शुरुवात भने राम्रो भएको छैन । यद्यपी कोलकोताले कमब्याकको प्रयास भने गरेको छ । अहिलेसम्म खेलेका ८ खेलमा २ जित र ५ हार बेहोरेको कोलकोताले पछिल्ला २ खेल जितेर कमब्याकको संकेत दिएको छ ।त्यस्तै आज दोस्रो खेल गुजरात टाइटन्स र पञ्जाव किंग्सबीच हुदैछ । अहमदावादमा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: ४५ बजेदेखि शुरु हुदैछ । जारी आइपिएलमा गुजरातले ९ खेलमा ५ जित र ४ हार बेहोरेको छ । गुजरात १० अंकसहित पाँचौं स्थानमा रहेको छ । त्यसैगरी पञ्जावले भने उत्कृष्ट शुरुवात गर्दै ८ खेलमा १३ अंकसहित शिर्ष स्थानमा रहेको छ ।








Discussion about this post