Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानसँगको युद्ध अन्त्य गर्ने इरानको नयाँ प्रस्ताव, समीक्षा गर्दै ट्रम्प

Editorial Team by Editorial Team
May 3, 2026
in News, World
0
इरानसँगको युद्ध अन्त्य गर्ने इरानको नयाँ प्रस्ताव, समीक्षा गर्दै ट्रम्प
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध अन्त्य गर्ने विषयमा आएको नयाँ प्रस्तावको समीक्षा गर्ने बताएका छन् । ट्रम्पले उक्त प्रस्तावबारे अध्ययन गरिरहेको र यसबारे पछि थप जानकारी दिने बताएका हुन् ।इरानका अर्ध-सरकारी सञ्चार माध्यम तस्नीम र फार्सका अनुसार इरानले अमेरिकाको नौ बुँदे प्रस्तावको जवाफमा पाकिस्तानमार्फत १४ बुँदे प्रस्ताव पठाएको छ ।यसअघि ट्रम्पले इरानको पुरानो प्रस्ताव अस्वीकार गरेका थिए। यद्यपि, दुवै देशबीच वार्ता जारी रहेको छ र तीन सातादेखिको युद्धविराम कायम छ ।तस्नीम समाचार एजेन्सीका अनुसार इरानले पठाएको १४ बुँदे प्रस्तावमा भविष्यमा हुने सैन्य आक्रमणविरुद्ध सुरक्षा सुनिश्चितता माग गरिएको छ । त्यस्तै, इरान वरपर रहेका अमेरिकी सेना फिर्ता गर्नुपर्ने, समुद्री नाकाबन्दी अन्त्य गर्नुपर्ने, रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने, क्षतिपूर्ति दिनुपर्ने र सबै प्रकारका प्रतिबन्ध हटाउनुपर्ने माग समावेश छन् ।
यसैगरी, लेबनानसहित सबै मोर्चामा भइरहेको युद्ध अन्त्य गर्नुपर्ने, होर्मुज जलडमरूका लागि नयाँ व्यवस्था लागू गर्नुपर्ने जस्ता बुँदाहरू पनि प्रस्तावमा राखिएका छन् ।अमेरिकाले दुई महिनाको युद्धविराम प्रस्ताव गरे पनि इरानले सबै विषय ३० दिनभित्र समाधान हुनुपर्ने अडान राखेको छ । उसले अस्थायी युद्धविरामभन्दा पूर्ण रूपमा युद्ध अन्त्य गर्न जोड दिएको छ ।यसबीच ट्रम्पले शुक्रबार उक्त प्रस्तावप्रति असन्तुष्टि जनाउँदै कूटनीतिक माध्यमबाट मात्र समस्या समाधान हुनेमा आफू विश्वस्त नभएको बताएका थिए । हाल इरान आफ्नो प्रस्तावबारे अमेरिकाको औपचारिक जवाफको प्रतीक्षामा रहेको जनाएको छ ।

Advertisement Banner
Previous Post

लागुऔषध नियन्त्रण गर्न मधेश प्रहरीको महाअभियान, सीमादेखि गाउँसम्म निगरानी बढाइने

Next Post

आज दुई खेल हुदै आइपिएलमा

Editorial Team

Editorial Team

Next Post
आज दुई खेल हुदै आइपिएलमा

आज दुई खेल हुदै आइपिएलमा

Recommended

Fourth day of Jaipur Literature Festival sees a range of ideas in focus

Fourth day of Jaipur Literature Festival sees a range of ideas in focus

5 years ago
Southeast Asia Green Recovery Can Create More Than 30 Million Jobs by 2030 — ADB

Southeast Asia Green Recovery Can Create More Than 30 Million Jobs by 2030 — ADB

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.