Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

जोर्डनद्वारा सिरियाली सीमा क्षेत्रका लागुऔषध र हतियार तस्करी केन्द्रहरूमा आक्रमण

Editorial Team by Editorial Team
May 4, 2026
in News, World
0
जोर्डनद्वारा सिरियाली सीमा क्षेत्रका लागुऔषध र हतियार तस्करी केन्द्रहरूमा आक्रमण
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ- जोर्डनको सशस्त्र बलले सिरियासँग जोडिएको आफ्नो उत्तरी सीमा क्षेत्रमा सक्रिय लागूऔषध तथा हतियार तस्करहरूका ठेगानाहरू लक्षित गरी आईतवार बिहानै हवाई आक्रमण गरेको छ । सेनाद्वारा जारी आधिकारिक विज्ञप्तिमा यस सैन्य कारबाहीको पुष्टि गरिएको हो । सेनाकाअनुसार उक्त कारबाहीमा तस्कर समूहहरूले जोर्डनी भूमिमा अवैध सामग्री ओसारपसार गर्न प्रयोग गर्ने कारखाना, कार्यशाला र गोदामहरूलाई पूर्ण रूपमा नष्ट गरिएको छ । यी स्थलहरूलाई तस्करहरूले जोर्डनतर्फ अवैध गतिविधि सञ्चालन गर्ने मुख्य केन्द्रका रूपमा प्रयोग गर्दै आएका थिए । सशस्त्र बलले यो कारबाही भरपर्दो गुप्तचर सूचना र परिचालन तथ्याङ्कका आधारमा गरिएको जनाएको छ । मुलुकभित्र लागूऔषध र हतियारको अवैध प्रवाह रोक्नका लागि अत्यन्त सटिक रूपमा यो अपरेशन सञ्चालन गरिएको सेनाको दाबी छ ।
पछिल्लो समय सीमा क्षेत्रमा हतियार र लागूऔषध तस्करीका प्रयासहरूमा उल्लेख्य वृद्धि भएको सेनाको विज्ञप्तिमा उल्लेख छ। जोर्डनले विगत केही वर्षदेखि सिरियासँगको उत्तरी सीमामा सक्रिय लागुऔषध तस्करी सञ्जालहरू विरुद्ध निरन्तर यस्तै प्रकृतिका कारबाहीहरू गर्दै आएको छ । लागुऔषध र हतियार तस्करी नियन्त्रणका लागि जोर्डन र सिरियाबीच रक्षा तथा सुरक्षा क्षेत्रमा उच्चस्तरीय समन्वय र सहयोग रहँदै आएको भए तापनि तस्करीको चुनौती भने कायमै रहेको छ । एजेन्सी

Advertisement Banner
Previous Post

‘सभ्रान्त’ आवरणमा १४ वर्षको ठगी :६ करोडको थापाथली जग्गा चेकको भरमा हत्याउने गिरोहका तीन पक्राउ

Next Post

हर्मज जलडमरूमध्यमा रोकिएका जहाज बाहिर निकाल्न अमेरिकाले ‘प्रोजेक्ट फ्रीडम’ शुरु गर्ने

Editorial Team

Editorial Team

Next Post
हर्मज जलडमरूमध्यमा रोकिएका जहाज बाहिर निकाल्न अमेरिकाले ‘प्रोजेक्ट फ्रीडम’ शुरु गर्ने

हर्मज जलडमरूमध्यमा रोकिएका जहाज बाहिर निकाल्न अमेरिकाले ‘प्रोजेक्ट फ्रीडम’ शुरु गर्ने

Recommended

आज दुई खेल हुदै आइपिएलमा

आज दुई खेल हुदै आइपिएलमा

2 months ago
US strategy in Venezuela focuses on security, recovery, democracy: US Secretary

US strategy in Venezuela focuses on security, recovery, democracy: US Secretary

5 months ago

Don't Miss

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

Lyricist Pushpa Khanal receives ‘Music Khabar Diaspora Music Award-2082’

June 29, 2026
The Gold Ring, A short story by Ranjit K. Sahu from the USA

The Box of Treasures, a short story by Ranjit K. Sahu

June 23, 2026
नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

नेपाल र भारतका सर्जकबाट काव्य वर्षासंगै गीत र नृत्य प्रस्तुत

May 14, 2026
वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

वसन्त ऋतुका लागि सगरमाथाको शिखरसम्म डोरी टाँग्ने कार्य सम्पन्न

May 14, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.