Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

हर्मज जलडमरूमध्यमा रोकिएका जहाज बाहिर निकाल्न अमेरिकाले ‘प्रोजेक्ट फ्रीडम’ शुरु गर्ने

Editorial Team by Editorial Team
May 4, 2026
in News, World
0
हर्मज जलडमरूमध्यमा रोकिएका जहाज बाहिर निकाल्न अमेरिकाले ‘प्रोजेक्ट फ्रीडम’ शुरु गर्ने
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ –अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमवार बिहानदेखि हर्मज जलडमरूमध्यमा रोकिएका व्यापारिक जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्ने कार्य शुरु गरिने घोषणा गर्नुभएको छ । ट्रम्पले यस अभियानलाई ‘प्रोजेक्ट फ्रीडम’ नाम दिँदै यसलाई एक ‘मानवीय पहल’ का रूपमा व्याख्या गर्नुभएको छ । सामाजिक सञ्जाल ‘’ट्रुथ सोसल’ मार्फत जानकारी दिँदै उहाँले मध्यपूर्वको वर्तमान विवादमा संलग्न नभएका विभिन्न मुलुकहरूले आफ्ना जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकाल्न अमेरिकासँग सहयोग मागेको उल्लेख गर्नुभएको छ ।
ट्रम्पकाअनुसार जलडमरूमध्यमा रोकिएका धेरैजसो जहाजहरूमा खाद्य सामग्री र चालक दलका सदस्यहरूका लागि आवश्यक आधारभूत सामग्रीको अभाव हुन थालेको छ । इरान, मध्यपूर्व र संयुक्त राज्य अमेरिकाको हितलाई ध्यानमा राख्दै ती जहाजहरूलाई सुरक्षित रूपमा बाहिर निकालिने र उनीहरूलाई पुनः आफ्नो व्यापारिक गतिविधिमा फर्कन सघाउ पु¥याइने उहाँले बताउनु भयो ।
यसका साथै राष्ट्रपति ट्रम्पले यस मानवीय प्रक्रियामा कुनै पनि प्रकारको अवरोध सिर्जना गरिए त्यसको सशक्त प्रतिवाद गरिने कडा चेतावनी समेत दिनुभएको छ । ट्रम्पको यो घोषणा यस्तो समयमा आएको छ, जब इरानले आफ्नो १४ बुँदे शान्ति प्रस्तावमाथि अमेरिकाको तर्फबाट प्राप्त प्रतिक्रियाको समीक्षा गरिरहेको जनाएको छ । यद्यपि, राष्ट्रपति ट्रम्पले शनिबार उक्त प्रश्ताव स्वीकार्य हुने सम्भावना न्युन रहेको टिप्पणी गर्नुभएको थियो । उता इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले इरानको प्रस्ताव विशेष रूपमा युद्ध अन्त्य गर्ने विषयमा मात्र केन्द्रित रहेको र यसमा आणविक क्षेत्रसँग सम्बन्धित कुनैपनि विषय समावेश नरहेको स्पष्ट पार्नुभएको छ ।

Advertisement Banner
Previous Post

जोर्डनद्वारा सिरियाली सीमा क्षेत्रका लागुऔषध र हतियार तस्करी केन्द्रहरूमा आक्रमण

Next Post

मन्त्रिपरिषद् बैठक बस्दै

Editorial Team

Editorial Team

Next Post
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

Recommended

Pope Leo urges respect for law and human rights after US removes Venezuelan President Maduro

Pope Leo urges respect for law and human rights after US removes Venezuelan President Maduro

8 months ago
Bill & Melinda Gates Foundation and EIB partner to strengthen health systems and prevent infectious diseases

Bill & Melinda Gates Foundation and EIB partner to strengthen health systems and prevent infectious diseases

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.