Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

Editorial Team by Editorial Team
May 6, 2026
in Nepal, News
0
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले रूकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत बशिष्टनारायण यादवसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कागती पकेट विकास कार्यक्रममा अनियमितता गरेको भन्दै आयोगले मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
लागत अनुमान बमोजिमको काम नगरी फिल्डमा नभएको कामको समेत नापी गरी ११ लाख ६९ हजार ७६० रुपैयाँ भुक्तानी गरिएको आयोगको दाबी छ ।
उक्त मुद्दामा सोही पालिकाको वडा नम्बर १२ का तत्कालीन वडाध्यक्ष गंगाबहादुर पुन, पालिकाका तत्कालीन इन्जिनियर खुबीराज शाही, सब(इन्जिनियर कमलप्रसाद केसीलाई पनि प्रतिवादी बनाइएको छ ।त्यसैगरी, तत्कालीन कम्प्युटर अपरेटर चित्रबहादुर केसी, तत्कालीन कृषि प्राविधिक ओमप्रकाश ओली, तत्कालीन सह(लेखापाल नवराज खडका र पुथा हिमालयन अर्गानिक कृषि प्रालि र त्यसका प्रोप्राइटर सुजन पुनविरुद्ध पनि मुद्दा लगाइएको छ ।
त्यसैगरी, सोही परियोजना अन्तर्गत बंगुर पकेट विकास कार्यक्रमअन्तर्गत ९ लाख ६७ हजार ३७८ रुपैयाँ अनियमितता भएको भन्दै ७ जनाविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

Advertisement Banner
Previous Post

महेश पत्नीसहित १० जनामाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाउनु पर्ने प्रहरीको ठहर

Next Post

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

Editorial Team

Editorial Team

Next Post
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

Discussion about this post

Recommended

आईपीएलः बेंगलुरु ४३ रनले विजयी

आईपीएलः बेंगलुरु ४३ रनले विजयी

4 weeks ago
Researchers unveil a secret of stronger metals

Researchers unveil a secret of stronger metals

4 years ago

Don't Miss

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

May 6, 2026
वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

May 6, 2026
गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

गुल्सनको ५ विकेटसँगै ओमानविरुद्ध नेपालको शानदार जीत

May 6, 2026
प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

प्रमुख प्रशासकीय अधिकृत सहित ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा

May 6, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.