काठमाडौँ- सरकारले संघीय संसद्को नयाँ अधिवेशन वैशाख २८ गते आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ। मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले दिउँसो २ बजे अधिवेशन बोलाउने प्रस्ताव रामचन्द्र पौडेल समक्ष पठाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेल ले उक्त जानकारी दिएका छन्।यसअघि पनि सरकारले अधिवेशन आह्वानको सिफारिस गरेपछि राष्ट्रपतिले वैशाख १७ गतेका लागि संसद् बैठक बोलाएका थिए। तर, त्यसको भोलिपल्टै सरकारले स्थगनका लागि पत्र पठाएपछि सो अधिवेशन रोकिएको थियो। यो निर्णय नेपालको संविधानको धारा ९३(१) अन्तर्गत गरिएको थियो।पछिल्लो समय संसद् अधिवेशन आह्वानको विषयमा राजनीतिक तहमा निरन्तर छलफल भइरहेको थियो। सभामुख डोलप्रसाद अर्याल सँग सोमबार प्रमुख दलका सचेतकहरूसँग भएको बैठकमा पनि अधिवेशन बोलाउने विषय उठेको थियो।
सरकारले छोटो समयसीमा (करिब ४ दिनको सूचना) राखेर अधिवेशन बोलाउने तयारी गरेको संकेत त्यही छलफलबाट आएको थियो। यही कारण विपक्षी दलहरूले पनि अधिवेशनको विषयमा कडा दबाब सिर्जना गरेका थिएनन्।
सरकारको रणनीति अध्यादेशसँग जोडिएको देखिन्छ। विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश राष्ट्रपतिबाट जारी हुने वा नहुने आधारमा अधिवेशन आह्वानको समय निर्धारण गर्ने सोच सरकारको थियो। मंगलबार अध्यादेश जारी भएपछि संसद बैठक आह्वान भएको हो ।







Discussion about this post