Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने

Editorial Team by Editorial Team
May 6, 2026
in Nepal, News
0
महासंघको चेतावनी: एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने
0
SHARES
96
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- नेपाल निर्माण व्यवसायी महासंघले निर्माण उद्योग गम्भीर संकटमा पुगेको भन्दै तत्काल नीतिगत हस्तक्षेप नगरे देशभरका आयोजना ठप्प पार्ने चेतावनी दिएको छ ।महासंघले मंगलवार पत्रकार सम्मेलन गर्दै करिब ३२ हजारभन्दा बढी निर्माण व्यवसायी आबद्ध रहेको यस छाता संगठनले हालको आर्थिक अवस्था, विशेषगरी पूँजीगत खर्च न्यून हुँदा पूर्वाधार क्षेत्रमा गम्भीर असर परेको जनाएको छ ।
चालु आर्थिक वर्ष २०८२/८३ मा विनियोजित पूँजीगत बजेटमध्ये हालसम्म करिब २७ प्रतिशत मात्रै खर्च भएको महासंघको दावी छ । मध्यपूर्वमा जारी युद्धका कारण डिजेल, मट्टितेल लगायत इन्धनको मूल्यमा अत्यधिक वृद्धि भएको र त्यसको प्रत्यक्ष असर निर्माण क्षेत्रमा परेको महासंघले जनाएको छ ।
युद्धअघि प्रतिलिटर १३९ रुपैयाँ रहेको डिजेल हाल २२५ रुपैयाँ पुगेको छ भने बिटुमिनको मूल्य पनि दोब्बरभन्दा बढी वृद्धि भएको छ । सिमेन्ट, डण्डी लगायत निर्माण सामग्रीको मूल्यवृद्धि र अभावले अधिकांश आयोजना प्रभावित भएका छन् । मूल्य समायोजनको व्यवस्था प्रभावकारी नभएको र नेपाल राष्ट्र बैंक को सूचकांकले वास्तविक बजार मूल्य नसमेट्दा व्यवसायी थप मारमा परेको महासंघको गुनासो छ ।
महासंघका अनुसार हाल राष्ट्रिय गौरवका आयोजनासहित अधिकांश साना-ठूला परियोजनाहरू लगभग ठप्प अवस्थामा पुगेका छन्। यस्तो अवस्थामा निर्माण व्यवसायीहरूले बैंक ग्यारेण्टी, बीमा तथा क्षतिपूर्ति व्यवस्थासहित सबै आयोजनाको म्याद थप गर्न सरकारसँग माग गरेका छन् ।
सरकारले ल्याएको सार्वजनिक खरिद ऐन २०६३ संशोधन अध्यादेश आंशिक रूपमा मात्र उद्योगमैत्री भएको महासंघको निष्कर्ष छ। ‘लो बिडिङ’ जस्ता समस्या केही हदसम्म सम्बोधन भए पनि मूल्य समायोजन, भुक्तानी र अन्य संरचनात्मक समस्याहरू अझै बाँकी रहेको जनाइएको छ ।
निर्माण व्यवसायी सहित निजी क्षेत्रका उद्यमीहरूमाथि भइरहेको धरपकडले लगानी वातावरण बिग्रिएको महासंघले जनाएको छ । यस्तो अवस्थाले रोजगारी, आपूर्ति श्रृंखला र बैंकिङ प्रणालीमै असर पर्ने चेतावनी दिइएको छ ।
महासंघले स्पष्ट रूपमा भनेको छ-यदि एक हप्ताभित्र मूल्य समायोजन सम्बन्धी ठोस निर्णय नभए देशभरका निर्माण कार्य स्वतः बन्द हुनेछन् । साथै, त्यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सरकारकै हुने बताइएको छ । महासंघले आफ्ना मागहरू सम्बोधन नभए चाँडै आन्दोलनका कार्यक्रम घोषणा गर्ने पनि चेतावनी दिएको छ ।

Advertisement Banner
Previous Post

वैशाख २८ गते संसद् अधिवेशन बोलाउन सरकारको सिफारिस

Next Post

महावीर पुनको माग सरकारले पूरा गर्‍यो, भने – सरकारलाई दीर्घायुको कामना

Editorial Team

Editorial Team

Next Post
महावीर पुनको माग सरकारले पूरा गर्‍यो, भने – सरकारलाई दीर्घायुको कामना

महावीर पुनको माग सरकारले पूरा गर्‍यो, भने - सरकारलाई दीर्घायुको कामना

Recommended

Oxford research reveals how papal dithering supercharged Henry VIII’s Reformation

Oxford research reveals how papal dithering supercharged Henry VIII’s Reformation

9 months ago
Nepal and Saudi Arabia to sign first-ever labor agreement

Nepal and Saudi Arabia to sign first-ever labor agreement

7 months ago

Don't Miss

Monsoon active, heavy rain likely over hilly areas

Monsoon active, heavy rain likely over hilly areas

August 16, 2026
Muktinath Temple deposits reach Rs 117.6 million

Muktinath Temple deposits reach Rs 117.6 million

August 16, 2026
Nepal Govt  accelerated the classification of individuals injured during the Gen-Z demonstrations

Nepal Govt moves to link treatment protocols with health insurance

August 16, 2026
Swarnim Wagle to contest from Tanahun-1

Finance Minister Wagle urges Nepalis abroad to invest in Nepal

August 16, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.