गेथेस् वर्ग, अमेरिका – नेपालमा, हालै दिवंगत हुनु भएका वरिष्ठ साहित्यकार द्वय नगेन्द्रराज शर्मा तथा गीता केशरीको स्मृतिमा गेथेस् बर्ग लाईब्रेरी श्रद्धाञ्जली सभाको आयोजना गरिएको थियो ।
उहांहरूको निधनले नेपाली साहित्यको क्षेत्रमा ठूलो क्षती महशूस भएको छ । डायस्पोराका वरिष्ठ साहित्यकार तथा अ. ने. सा. स.का संस्थापक अध्यक्ष होमनाथ सुवेदीको अध्यक्षतामा संम्पन्न सो कार्यक्रम सीता पाण्डे तथा गोबिन्द गिरी” प्रेरणाको संयोजनमा भएको थियो । साहित्यकार स्वर्गिय, वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा, नेपाली प्रतिष्ठित साहित्यिक पत्रिकाका” अभिब्यक्ती”का संस्थापक सम्पादक हुनुहुन्थ्यो भने वरिष्ठ साहित्यकार गीता केशरी, नेपाल प्रज्ञा प्रतिष्ठानको पहिलो महिला सदस्य- सचिब तथा साहित्यिक महिलाहरूको संस्था “ गुञ्जन”को पूर्व अध्यक्ष पनि हुनुहुन्थ्यो ।
सांङ्ग्रिला डायलग तथा अमेरिका – नेपाल साहित्य परिषदको ब्यानरमा संम्पन्न सो श्रद्धाञ्जली सभामा, डि. सी. मेट्रो क्षेत्रका साहित्यकारहरूमा अ. ने. स. स. बोर्ड अफ ट्रष्टीका अध्यक्ष तिर्थ पाण्डे, अ. ने.सा. स. का पदाधिकारी पुष्पा खनाल, मेरिल्याण्ड च्याप्टरका उपाध्यक्ष मधुकर अधिकारी, साहित्यकार डिग बहादुर तामाङ्ग,लोक तिवारी, शान्ती तिवारी , सहदेब कोईराला, रमेस रिसाल, भैरव ढकाल, यादव राज जोशी” समार “ माधव प्र. शर्मा, रमेश खनाल, वरिष्ठ पत्रकार योगेश उपाध्याय, होमनाथ सुबेदी, गोबिन्द गिरी” प्रेरणा र सीता पाण्डे लगायत अन्य वक्ताहरूले दिंवगत साहित्यकारहरूको साहित्यिक व्यक्तित्व,
उहांहरूको कृतिहरूको चर्चा र उहांहरूसंगको आ- आफ्नो अनुभब र प्रशङ्गहरूको चर्चा गर्नु भएको थियो ।कार्यक्रमको प्रत्यक्ष प्रशारण र प्रचार- प्रसार ई- नेपलिज तथा विश्व थापाले गर्नु भएको थियो । कार्यक्रमको संचालन कवि तारा पराजुलीले गर्नु भएको थियो !








Discussion about this post