Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

मगर (ढूट) भाषाको अक्खालिपिकेन्द्रीत पुस्तक आखरहील्मा को लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न

Editorial Team by Editorial Team
August 2, 2026
in Book Releases, Literature, Nepal, News
0
मगर (ढूट) भाषाको अक्खालिपिकेन्द्रीत पुस्तक आखरहील्मा को लोकार्पण तथा विमर्श कार्यक्रम सम्पन्न
0
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

स्याङ्जा, वालिङ, युवा लेखकद्वय जी.बी. राना र सावित्रा थापाको पहिलो कृतिको रूपमा प्रकाशित मगर (ढूट) भाषाको अक्खालिपिकेन्द्रित पुस्तकको लोकार्पण तथा विमर्श कार्यक्रम- २०८३ सम्पन्न भएको छ ।
नेपाल मगर लेखक सङ्घ स्याङ्जाको आयोजनामा मगर (ढूट) भाषा साहित्यको इतिहासमै ऐतिहासिक महत्त्वको विशेष अर्थ राख्ने पुस्तकको रूपमा प्रकाशित भएको आखरहील्मा (अक्षराङ्क) को लोकार्पण तथा विमर्श कार्यक्रम- २०८३ शनिवार वालिङ बहुमुखी क्याम्पसको सभाकक्षमा सम्पन्न गरिएको थियोे ।
नेपाल मगर लेखक सङ्घ स्याङ्जाका अध्यक्ष युवा स्रष्टा जी.बी. रानाको अध्यक्षतामा सम्पन्न भएको समारोहमा प्रमुख आमन्त्रित व्यक्तित्वको रूपमा नेपाल मगर सङ्घका केन्द्रीय उपाध्यक्ष हर्क आले मगरको समुपस्थिति रहेको थियोे । वक्ताहरू नेपाली लेखक सङ्घका केन्द्रीय सचिव युवा स्रष्टा तथा साहित्यिक अभियन्ता एवम प्रस्तुत पुस्तकका नेपाली भाषा सम्पादक मिलन समीर, प्रस्तुत पुस्तकका भूमिका लेखक नेपाल मगर लेखक सङ्घका केन्द्रीय उपाध्यक्ष रुद्र श्रीस मगर, प्रगतिशील लेखक सङ्घ स्याङ्जाका अध्यक्ष अग्रज स्रष्टा अनन्त अर्याल र नेपाल मगर सङ्घका केन्द्रीय सदस्य गीता रखाली मगरद्वारा कृतिको लोकार्पण गरिएपश्चात् प्रस्तुत कृति र लेखकद्वय जी.बी. राना र सावित्रा थापाको लेखनमाथि केन्द्रित रहेर वक्ताहरू अनन्त अर्याल, मिलन समीर, गीता रखाली मगर र रुद्र श्रीस मगरले समीक्षात्मक मन्तव्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाल मगर सङ्घ स्याङ्जाका सचिव धनबहादुर थापा, मगर लेखक सङ्घ गण्डकी प्रदेशका अध्यक्ष खड्क पामी आले, नेपाल मगर सङ्घ गण्डकी प्रदेश अध्यक्ष दानबहादुर थापा र नेपाल मगर सङ्घका केन्द्रीय सदस्य लक्ष्मी थापा मगर लगायतले शुभकामना मन्तव्य प्रस्तुत गरेका थिए ।
बुवा लोकबहादुर राना र आमा स्वर्गीय नैकली रानाको कोखबाट वि.सं. २०४० फागुन १२ गते हालको गल्याङ नगरपालिका- १, सारङ्ज्ञा, याँकीह्या, स्याङ्जामा जन्मिएका जी.बी. रानाले जनसङ्ख्या विषयमा स्नातकोत्तर गरेका छन् ।
२०६२ जेठ १३ देखि शिक्षण सहजकर्ताको भूमिकामा क्रियाशील राना हाल दिसिङकोट आधारभूत विद्यालय, चापाकोट नगरपालिका- ३, कमिरे, स्याङ्जामा प्रधानाध्यापकको रूपमा सेवारत रहेर सिर्जना कर्ममा क्रियाशील छन् । उनी गल्याङ प्रज्ञा प्रतिष्ठानको प्राज्ञ परिषद सदस्य र नेपाली लेखक सङ्घ स्याङ्जाको सदस्यको रूपमासमेत क्रियाशील छन् ।
बुवा इन्द्रबहादुर थापा र आमा ज्ञानकुमारी थापाको कोखबाट २०४४ बैशाख १० गते हालको चापाकोट नगरपालिका- ५, साहान्दी, स्याङ्जामा जन्मिएकी सावित्रा थापाले अङ्ग्रेजी विषयमा स्नातकोत्तर गरेकी छन् । २०६५ पुस १३ देखि शिक्षण सहजकर्ताको भूमिकामा क्रियाशील थापा हाल महेन्द्र माध्यमिक विद्यालय, चापाकोट नगरपालिका- ३, दिसिङ्कोट, स्याङ्जामा माध्यमिक तह अङ्ग्रेजी भाषा विषय शिक्षकको रूपमा सेवारत छन् । उनी मगर लेखक सङ्घ स्याङ्जाको सहसचिवको रूपमा समेत क्रियाशील छन् ।
लेखकद्वयको यो पहिलो कृति हो । प्रस्तुत कृति नेपाल मगर लेखक सङ्घ, स्याङ्जाले प्रकाशन गरेको हो । पुस्तकको नेपाली भाषा सम्पादन मिलन समीर गरेका हुन् । मगर (ढूट) अक्खालिपि र भाषा शिक्षणलाई सरल, सहज र प्रभावकारी बनाउने उद्देश्यले तयार गरिएको प्रस्तुत पुस्तकमा सिकारुको उमेर र सिकाइको स्तरअनुसारका सामग्री समावेश गरिएको छ ।
नेपाल मगर लेखक सङ्घ स्याङ्जाकी सहसचिव सावित्रा थापाद्वारा सहजीकरण गरिएको समारोहमा आयोजकको तर्फबाट प्रमुख आमन्त्रित व्यक्तित्व र वक्ताहरूलाई मायाको चिनोसहित सम्मान गरिएको थियोे ।

Advertisement Banner
Previous Post

अमेरिकी भिसा पाउन अब ३० लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

Next Post

अमेरिकामा, वरिष्ठ साहित्यकार नगेन्द्र राज शर्मा तथा गीता केशरीको स्मृतिमा श्रद्धाञ्जली सभा संम्पन्न

Editorial Team

Editorial Team

Next Post
अमेरिकामा, वरिष्ठ साहित्यकार नगेन्द्र राज शर्मा तथा गीता केशरीको स्मृतिमा श्रद्धाञ्जली सभा संम्पन्न

अमेरिकामा, वरिष्ठ साहित्यकार नगेन्द्र राज शर्मा तथा गीता केशरीको स्मृतिमा श्रद्धाञ्जली सभा संम्पन्न

Recommended

Tanahun farmers earn Rs 20 million from orange sales

Tanahun farmers earn Rs 20 million from orange sales

9 months ago
Nepal: Commercial and development banks collectively spent Rs 16.56 billion on office operations during the first five month

Nepali banks tighten collateral lending as non-banking assets rise

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.