Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

हमास निःशस्त्र नभएसम्म गाजाबाट सेना नफिर्ताउने नेतन्याहुको अडान

Editorial Team by Editorial Team
August 5, 2026
in News, World
0
हमास निःशस्त्र नभएसम्म गाजाबाट सेना नफिर्ताउने नेतन्याहुको अडान
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गाजा क्षेत्रबाट इजरायली सेना फिर्ता नहुने स्पष्ट पारेका छन्। उनले इजरायली सेना (आईडीएफ)लाई देशको सुरक्षा, भूभाग र नागरिकको संरक्षणका लागि आवश्यक सबै कदम चाल्न निर्देशन दिइसकेको बताएका छन्।

मंगलबार सामाजिक सञ्जालमार्फत सार्वजनिक भिडियो सन्देशमा प्रधानमन्त्री नेतन्याहुले हमासलाई निःशस्त्र बनाउने लक्ष्यबाट इजरायल पछि नहट्ने बताएका हुन्।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमाससहित अन्य सशस्त्र समूहलाई निःशस्त्र बनाउने उद्देश्यसहित तयार गरिएको युद्धविराम सम्झौताको मस्यौदा सार्वजनिक गरेका थिए। सो प्रस्तावबारे प्रतिक्रिया दिँदै नेतन्याहुले अमेरिकाले पठाएको मस्यौदामा इजरायलले पूर्ण सहमति नजनाएको र आफ्ना सुझाव तथा टिप्पणीहरू पठाइसकेको जानकारी दिए।

ट्रम्पले प्रस्ताव सार्वजनिक गरेपछि हमासले युद्धविराम सम्झौताको दोस्रो चरणका लागि तयार गरिएको पछिल्लो कार्ययोजनामा सहमति जनाएको जनाएको थियो। तर, हतियार व्यवस्थापनको विषयमा उसले केही सर्त अघि सारेको छ।

हमासले इजरायली आक्रमण पूर्ण रूपमा रोकिनुपर्ने, गाजाबाट इजरायली सेना फिर्ता हुनुपर्ने तथा पुनर्निर्माण प्रक्रियामा ठोस प्रगति भएपछि मात्र हतियारसम्बन्धी व्यवस्थामा अघि बढ्न सकिने अडान दोहोर्‍याएको छ।

यसैबीच, पछिल्ला दिनमा गाजामा भएका इजरायली हवाई आक्रमणमा बालबालिकासहित दर्जनौँ सर्वसाधारणको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

घटनापछि युद्धविराम वार्तामा मध्यस्थता गर्दै आएका कतार, इजिप्ट र टर्कीले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायली आक्रमणको निन्दा गरेका छन्। उनीहरूले युद्धविराम प्रक्रियालाई प्रभावित पार्ने गतिविधि रोक्न सबै पक्षसँग आग्रह गरेका छन्।

गाजामा जारी द्वन्द्व अन्त्यका लागि विभिन्न चरणमा वार्ता भइरहे पनि सेना फिर्ता, हमासको निःशस्त्रीकरण र गाजाको पुनर्निर्माणलगायत मुख्य विषयमा इजरायल र हमासबीच अझै सहमति हुन सकेको छैन।

Advertisement Banner
Previous Post

भृकुटीमण्डपस्थित सार्वजनिक पुस्तकालयको ताला खुल्यो, सेवा पुनः सञ्चालनमा

Next Post

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

Editorial Team

Editorial Team

Next Post
भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

Discussion about this post

Recommended

ICC releases Expression of Interest for Media Rights in Nepal for ICC Men’s T20 World Cup 2026

ICC releases Expression of Interest for Media Rights in Nepal for ICC Men’s T20 World Cup 2026

8 months ago
UQ discovery paves the way for faster computers, longer-lasting batteries

UQ discovery paves the way for faster computers, longer-lasting batteries

4 years ago

Don't Miss

दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना, नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने

दुई वर्षपछि पहिलोपटक सार्वजनिक हुँदै शेख हसिना, नयाँ दिल्लीबाट पत्रकार सम्मेलन गर्ने

August 5, 2026
वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

वैदेशिक रोजगार विभागद्वारा १६३ म्यानपावर एजेन्सी कारबाहीमा

August 5, 2026
ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

ब्राजिलकी राजदूतको अमेरिकी भिसा रद्द, दुई देशबीच कूटनीतिक तनाव बढ्यो

August 5, 2026
फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न

फिफा अध्यक्ष इन्फान्टिनोमाथि बढ्यो दबाब, युइएफए र कन्काकाफले नेतृत्वमाथि उठाए प्रश्न

August 5, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.