Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

बागलुङमा डेङ्गी संक्रमित २४१ पुगे, ‘खोज र नष्ट गर’ अभियान सुरु

Editorial Team by Editorial Team
August 7, 2026
in Nepal, News
0
बागलुङमा डेङ्गी संक्रमित २४१ पुगे, ‘खोज र नष्ट गर’ अभियान सुरु
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी- बागलुङमा डेङ्गी संक्रमण तीव्र रूपमा बढ्दै गएपछि जिल्लामा ‘खोज र नष्ट गर’ अभियान सुरु गरिएको छ। साउन लागेयता जिल्लामा डेङ्गी संक्रमितको संख्या २४१ पुगेको जनस्वास्थ्य कार्यालयले जनाएको छ।

गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माका अनुसार डेङ्गी फैलाउने ‘एडिस एजिप्टाई’ जातको लामखुट्टेको वासस्थान नष्ट गरी यसको जीवनचक्र तोड्ने उद्देश्यले बिहीबारदेखि अभियान सञ्चालन गरिएको हो।

उनले टोल तथा समुदायस्तरमा डेङ्गी नियन्त्रण र रोकथामका लागि जनचेतना अभिवृद्धि गर्न अभियान सुरु गरिएको बताउँदै संक्रमण नियन्त्रणमा हरेक व्यक्ति र परिवारको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे।

जनस्वास्थ्य कार्यालयको अगुवाइ तथा बागलुङ नगरपालिकाको स्वास्थ्य शाखा, विभिन्न संघसंस्था र नागरिक समूहको सहकार्यमा अभियान सञ्चालन भइरहेको छ।

स्वास्थ्यकर्मीका अनुसार डेङ्गी सार्ने पोथी ‘एडिस एजिप्टाई’ लामखुट्टे जमेको सफा पानीमा प्रजनन गर्ने भएकाले घर, कार्यालय तथा सार्वजनिक स्थानमा पानी जम्न नदिन विशेष ध्यान दिनुपर्ने हुन्छ। पुराना टायर, ड्रम, भाँडाकुँडा, खाल्डाखुल्डी तथा अन्य भाँडामा जमेको पानी नियमित रूपमा हटाउन आग्रह गरिएको छ।

चिकित्सकहरूले डेङ्गीबाट बच्न लामखुट्टेको टोकाइबाट जोगिन, शरीर ढाक्ने लुगा लगाउन र आवश्यक सावधानी अपनाउन सुझाव दिएका छन्। डेङ्गी संक्रमणपछि लगातार बान्ता हुने, नाकबाट रगत बग्ने, कालो दिसा हुने वा अत्यधिक थकान देखिए तुरुन्त चिकित्सकको निगरानीमा उपचार गराउनुपर्ने जनस्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्यकर्मीले डेङ्गी पुष्टि भएमा पर्याप्त आराम गर्न, प्रशस्त झोलिलो पदार्थ सेवन गर्न तथा चिकित्सकको सल्लाहबिना औषधि प्रयोग नगर्न पनि आग्रह गरेका छन्।

नेपालमा असारदेखि कात्तिकसम्म डेङ्गी संक्रमणको जोखिम उच्च रहने भएकाले समयमै नियन्त्रणका उपाय नअपनाए महामारीको रूप लिन सक्ने जनस्वास्थ्य कार्यालयले चेतावनी दिएको छ।

Advertisement Banner
Previous Post

अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडकखण्डमा यातायात अवरुद्ध

Next Post

आजदेखि प्रदर्शनमा ‘हली’ र ‘कमला मिस’

Editorial Team

Editorial Team

Next Post
आजदेखि प्रदर्शनमा ‘हली’ र ‘कमला मिस’

आजदेखि प्रदर्शनमा ‘हली’ र ‘कमला मिस’

Discussion about this post

Recommended

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

हिउँदयाममा बाँसस्थान फेरिएको मुस्ताङको साङ्ता गाउँ

8 months ago
निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

निजी क्षेत्रको मनोबल माथी उठाउनु आजको आवश्यकता : अध्यक्ष ढकाल

8 months ago

Don't Miss

पायल्स (बवासीर) : कारण, उपचार र बच्ने उपाय

पायल्स (बवासीर) : कारण, उपचार र बच्ने उपाय

August 7, 2026
विवादबीच फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, नेतृत्वमा भने कायमै

विवादबीच फिफा अध्यक्ष इन्फान्टिनोले मागे माफी, नेतृत्वमा भने कायमै

August 7, 2026
सर्वोच्चको पुनरावलोकनपछि पनि कांग्रेसको रूपान्तरण अभियान नरोकिने महामन्त्री घिमिरेको भनाइ

सर्वोच्चको पुनरावलोकनपछि पनि कांग्रेसको रूपान्तरण अभियान नरोकिने महामन्त्री घिमिरेको भनाइ

August 7, 2026
अमेरिकाविरुद्ध चीनको नयाँ प्रतिबन्ध, व्यापारिक तनाव फेरि चुलियो

अमेरिकाविरुद्ध चीनको नयाँ प्रतिबन्ध, व्यापारिक तनाव फेरि चुलियो

August 7, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.