Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

आजदेखि प्रदर्शनमा ‘हली’ र ‘कमला मिस’

Editorial Team by Editorial Team
August 7, 2026
in Entertainment, Nepal, News
0
आजदेखि प्रदर्शनमा ‘हली’ र ‘कमला मिस’
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- आज शुक्रबारदेखि दुई नयाँ नेपाली फिल्म ‘हली’ र ‘कमला मिस’ देशभर प्रदर्शनमा आएका छन्। फरक विषयवस्तुमा आधारित दुवै फिल्मले एकै दिनबाट दर्शकमाझ आफ्नो यात्रा सुरु गरेका हुन्।

निर्देशक ओम प्रतिकको ‘हली’ले छाउपडी र हली प्रथाजस्ता सामाजिक कुरीतिविरुद्ध आवाज उठाएको छ। फिल्ममा ओम प्रतिक, सरोज खनाल, प्रमोद दीप, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीलगायत कलाकारको अभिनय रहेको छ।

जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायू फिल्म्सको सहकार्यमा बनेको फिल्मका निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठ हुन् भने कार्यकारी निर्माता अर्जुन भुसाल रहेका छन्। राहुल राईको छायांकन, रामप्रसाद चौधरीको सम्पादन तथा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको फिल्मको वितरण नेशनल सिने ग्रुप प्रालिले गरेको छ।

यस्तै, वरिष्ठ कलाकार निर शाहले निर्देशन गरेको ‘कमला मिस’ साहित्यकार विजय मल्लको चर्चित नाटक ‘कोही किन बर्बाद होस्’ बाट प्रेरित भएर निर्माण गरिएको हो। यसै फिल्ममार्फत निर शाह आठ वर्षपछि निर्देशनमा फर्किएका छन्।

फिल्ममा निर शाह, रमेश बुढाथोकी, वासना तिमिल्सिना, शिवं सराफ क्षेत्री, आरभ दाहाल, भावना मगर, कृष्ण मुरारी ढुंगेल, सुशान्त कुमार श्रेष्ठ, जयन्त रेग्मी, सुरेश थापा, राजन केसी र सञ्जय खतिवडालगायत कलाकारको अभिनय रहेको छ।

विजय मल्ल स्मृति प्रतिष्ठानका लागि विजय मल्ल परिवारले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता चैतन्य प्रकाश प्रधान हुन्। शिवराम श्रेष्ठको छायांकन, मिलन विक्रम शाहको सम्पादन र रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मलाई एप्पल इन्टरटेन्मेन्ट, रिच इन्टरटेन्मेन्ट र एफडी कम्पनीले देशभर वितरण गरेका छन्।

यद्यपि, प्रदर्शनको पहिलो दिनमै यी दुवै नेपाली फिल्मले सबै चलचित्र हल पाएका छैनन्। केही विदेशी फिल्म तथा तीन साताअघि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौथली’ पनि अझै विभिन्न हलमा प्रदर्शन भइरहेका कारण शो बाँडफाँट भएको छ। निर्माताहरूले भने सकारात्मक दर्शक प्रतिक्रिया र राम्रो व्यापारको अपेक्षा गरेका छन्।

Advertisement Banner
Previous Post

बागलुङमा डेङ्गी संक्रमित २४१ पुगे, ‘खोज र नष्ट गर’ अभियान सुरु

Next Post

सान फ्रान्सिस्कास्थित नेपाली महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा

Editorial Team

Editorial Team

Next Post
सान फ्रान्सिस्कास्थित नेपाली महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा

सान फ्रान्सिस्कास्थित नेपाली महावाणिज्यदूतावासबाट भदौ १५ सम्म मात्र सेवा

Recommended

३ वर्ष जेल बसेर छुटेको ७० दिनमै ‘महाचोर’ को आतंक

३ वर्ष जेल बसेर छुटेको ७० दिनमै ‘महाचोर’ को आतंक

7 months ago
गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत

गोरखामा चक्रे मिलनसहित १९ उम्मेदवारको जमानत जफत

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.