Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडकखण्डमा यातायात अवरुद्ध

Editorial Team by Editorial Team
August 7, 2026
in Nepal, News
0
अविरल वर्षाले देशभरका प्रमुख राजमार्ग प्रभावित, धेरै सडकखण्डमा यातायात अवरुद्ध
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं- लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडकखण्डमा पहिरो, बाढी र सडक कटान भएपछि यातायात सेवा प्रभावित भएको छ। नेपाल प्रहरीले शुक्रबार बिहान ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै एक दर्जनभन्दा बढी प्रमुख सडकखण्डमा आवागमन अवरुद्ध भएको जनाएको छ।

प्रहरीका अनुसार बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा बाढीको उच्च जोखिम रहेकाले साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। उक्त सडकखण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारी सञ्चालन गर्न अनुमति दिइएको छ।

यस्तै, कान्ति लोकपथमा पनि वर्षाका कारण साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म यातायात सञ्चालनमा पूर्ण प्रतिबन्ध लगाइएको प्रहरीले जनाएको छ।

अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको जिरोकिलो, कोदारी र लिपिङ क्षेत्रमा पहिरो खस्नुका साथै सडक भासिएकाले आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यसैगरी, लामासाँघु–रामेछाप सडकखण्डको दोलखास्थित किर्नेटारमा सामाकोशी खोलाले सडक बगाएपछि यातायात प्रभावित भएको छ। हाल खिम्ती ग्रामीण विद्युत् सहकारी संस्थाको परिसर हुँदै वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको छ।

मेची राजमार्गको इलामस्थित राजदुवालीमा सडक हिलाम्मे भएपछि यातायात अवरुद्ध भए पनि वैकल्पिक मार्ग प्रयोग भइरहेको छ। म्याग्दीको बैसेरी र भिरकाटे तथा मुस्ताङको कैकु खोलामा पहिरो जाँदा बेनी–जोमसोम सडकखण्डका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ।

यसैगरी, रसुवाको पासाङ ल्हामु सडक, मुगुको नाग्म–गमगढी सडक, बागलुङको कालीगण्डकी करिडोर (बेलबगर), रुकुम पश्चिमको भेरी करिडोर (रिजेगार्ड) तथा गुल्मीको मदन भण्डारी सडकखण्ड (लेख) मा सुक्खा पहिरो खस्दा यातायात पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीले वर्षायाममा पहिरो, बाढी र सडक कटानको जोखिम कायम रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकाय वा प्रहरीबाट सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Advertisement Banner
Previous Post

कांग्रेसको विशेष महाधिवेशन विवाद पुनः सर्वोच्चको पूर्ण इजलासमा

Next Post

बागलुङमा डेङ्गी संक्रमित २४१ पुगे, ‘खोज र नष्ट गर’ अभियान सुरु

Editorial Team

Editorial Team

Next Post
बागलुङमा डेङ्गी संक्रमित २४१ पुगे, ‘खोज र नष्ट गर’ अभियान सुरु

बागलुङमा डेङ्गी संक्रमित २४१ पुगे, ‘खोज र नष्ट गर’ अभियान सुरु

Recommended

HKU and UCLA Scientists Uncover the Mechanism powering “Space Battery” above Auroral Regions

HKU and UCLA Scientists Uncover the Mechanism powering “Space Battery” above Auroral Regions

8 months ago
चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

चीनद्वारा नयाँ रिमोट सेन्सिङ उपग्रह प्रक्षेपण

6 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.