Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Business

भद्रपुर आन्तरिक राजस्व कार्यालयले उठायो ४ अर्ब ९३ करोड राजस्व

Editorial Team by Editorial Team
August 9, 2026
in Business, Nepal, News
0
भद्रपुर आन्तरिक राजस्व कार्यालयले उठायो ४ अर्ब ९३ करोड राजस्व
0
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

भद्रपुर। आन्तरिक राजस्व कार्यालय भद्रपुरले गत आर्थिक वर्षमा चार अर्ब ९३ करोड ४६ लाख ८५ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

कार्यालयले गत आर्थिक वर्षका लागि छ अर्ब छ करोड ८६ लाख २२ हजार रुपैयाँ राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो। लक्ष्यको तुलनामा कार्यालयले ८१ दशमलव ३१ प्रतिशत राजस्व सङ्कलन गरेको हो।

आन्तरिक राजस्व कार्यालयका सूचना अधिकारी डिल्लीराम चौलागाईंका अनुसार सङ्कलित राजस्वमध्ये सबैभन्दा बढी आयकरबाट प्राप्त भएको छ। आयकर शीर्षकमा दुई अर्ब ४१ करोड ६१ लाख सात हजार रुपैयाँ सङ्कलन भएको छ।

त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) बाट एक अर्ब ६६ करोड २९ लाख ९५ हजार रुपैयाँ र अन्तःशुल्कबाट ६७ करोड ८९ लाख पाँच हजार रुपैयाँ सङ्कलन भएको कार्यालयले जनाएको छ।

कार्यालयका अनुसार भाडा आयकरबाट पाँच करोड ६६ लाख ७८ हजार रुपैयाँ, ब्याज करबाट नौ करोड ३६ लाख ८० हजार रुपैयाँ तथा अन्य शीर्षकबाट दुई करोड ६३ लाख २१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ।

आन्तरिक राजस्व कार्यालय भद्रपुरको कार्यक्षेत्रमा इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला रहेका छन्। कार्यालयले यी तीन जिल्लाबाट आयकर, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत विभिन्न शीर्षकमा कर तथा राजस्व सङ्कलन गर्दै आएको छ।

Advertisement Banner
Previous Post

बीपीको सशस्त्र संघर्षदेखि राष्ट्रिय मेलमिलापसम्म : धर्म गौतमले खोले ‘विद्रोहका ती दिन’

Next Post

हार्मोज जलडमरूमध्य खोल्नेबारे इरान–ओमान वार्ता सकारात्मक, तर तेहरानले राख्यो थप सर्त

Editorial Team

Editorial Team

Next Post
हार्मोज जलडमरूमध्य खोल्नेबारे इरान–ओमान वार्ता सकारात्मक, तर तेहरानले राख्यो थप सर्त

हार्मोज जलडमरूमध्य खोल्नेबारे इरान–ओमान वार्ता सकारात्मक, तर तेहरानले राख्यो थप सर्त

Discussion about this post

Recommended

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

फेब्रुअरीमा जापानको मुख्य उपभोक्ता मूल्य १.६ प्रतिशतले बढ्यो

5 months ago
मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना

मध्यपूर्वमा रहेका नेपाली नागरिकको राहतका लागि एनआरएनएद्वारा १ करोड रुपैयाँको कोष स्थापना

5 months ago

Don't Miss

Prime Minister Balen Shah holds meeting with Sudurpaschim lawmakers

Prime Minister Balendra Shah highlights revival of state-owned industries

August 9, 2026
Bangladesh proposes fisheries cooperation with Nepal

Bangladesh proposes fisheries cooperation with Nepal

August 9, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Beverage companies contribute billions in Nepal government revenue

August 9, 2026
Pentagon orders US defense companies to accelerate weapons production and deliveries

Pentagon orders US defense companies to accelerate weapons production and deliveries

August 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.