Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

बीपीको सशस्त्र संघर्षदेखि राष्ट्रिय मेलमिलापसम्म : धर्म गौतमले खोले ‘विद्रोहका ती दिन’

Editorial Team by Editorial Team
August 9, 2026
in Book Releases, Literature, Nepal, News
0
बीपीको सशस्त्र संघर्षदेखि राष्ट्रिय मेलमिलापसम्म : धर्म गौतमले खोले ‘विद्रोहका ती दिन’
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पञ्चायती व्यवस्थाविरुद्ध नेपाली कांग्रेसका नेता बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको भित्री कथा के थियो ? त्यसमा संलग्न भएर भारतमा भूमिगत जीवन बिताएका राजनीतिकर्मीहरूको दिनचर्या कस्तो थियो ? हतियार उठाउँदै आएका बीपीले अन्ततः राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कने निर्णय किन गरे ?

यी र यस्ता थुप्रै अनुत्तरित प्रश्नको उत्तर खोज्ने प्रयास गरिएको पुस्तक ‘बीपी र विद्रोहका ती दिन’ सार्वजनिक भएको छ। इलामका राजनीतिकर्मी धर्म गौतमले लेखेको यो पुस्तकमा नेपाली लोकतान्त्रिक आन्दोलनको एउटा महत्वपूर्ण कालखण्डका घटनाक्रम, संघर्ष र राजनीतिक अन्तरद्वन्द्वलाई संस्मरणका रूपमा प्रस्तुत गरिएको छ।

बीपीले राष्ट्रिय मेलमिलापको नीति लिएर २०३३ सालमा स्वदेश फर्किनुअघि आफ्ना तीन विश्वासपात्रलाई नेपाल पठाएका थिए। तीमध्ये एक थिए—धर्म गौतम।

गौतमका अनुसार बीपीसँगको राजनीतिक सहकार्यका क्रममा उनले सशस्त्र संघर्षको तयारीदेखि त्यसपछिका विभिन्न राजनीतिक घटनाक्रमलाई नजिकबाट नियालेका थिए। भारतको भूमिगत जीवन, हातहतियारसहितको संघर्ष, पक्राउ र जेल जीवनसम्मका अनुभवलाई उनले पुस्तकमा समेटेका छन्।

इलामदेखि बनारस हुँदै काठमाडौंसम्मको राजनीतिक यात्रा

गौतमको राजनीतिक यात्रा इलामबाट सुरु भएर भारतको नक्सलबारी, बनारस र बिहार हुँदै काठमाडौंसम्म पुगेको थियो। यही यात्राका क्रममा आफूले देखे–भोगेका राजनीतिक घटनाक्रमलाई पुस्तकमार्फत पुनः स्मरण गरेको उनले बताएका छन्।

‘मेरो इलामबाट सुरु भएको राजनीतिक यात्रा कसरी भारतको नक्सलबारी, बनारस, बिहार हुँदै काठमाडौंसम्म तन्केको थियो ? त्यस क्रममा देखे–भोगेका घटनाहरू के थिए ? मैले यो किताबमा यिनै विषयलाई फर्केर हेर्न खोजेको छु,’ लेखक गौतमले भने।

बीपीको सान्निध्यदेखि बन्दी जीवनसम्म

गौतम विसं २०२९ सालमा भारत निर्वासनमा गएदेखि नै बीपी कोइरालाको सान्निध्यमा थिए। पञ्चायती व्यवस्थाको अन्त्यका लागि बीपीले आह्वान गरेको सशस्त्र संघर्षमा उनी सक्रिय रूपमा सहभागी भए।

संघर्षकै क्रममा भारतको पूर्णियामा गौतम हातहतियारसहित पक्राउ परेका थिए। त्यसपछि बीपीकै निर्देशनमा २०३३ साल कात्तिकमा स्वदेश फर्कने क्रममा उनी पुनः पक्राउ परे र करिब चार वर्ष बन्दी जीवन बिताए।

बीपीले सशस्त्र संघर्षको बाटोबाट राष्ट्रिय मेलमिलापको नीति अवलम्बन गर्नुका पछाडि तत्कालीन क्षेत्रीय तथा अन्तर्राष्ट्रिय राजनीतिक घटनाक्रमको समेत प्रभाव रहेको गौतमको संस्मरणले संकेत गर्छ। विशेषगरी बंगलादेशको उदय र सिक्किमको भारतमा विलयजस्ता घटनाले बीपीको राजनीतिक दृष्टिकोणमा पारेको प्रभावबारे पुस्तकमा विभिन्न प्रसंग समेटिएका छन्।

लोकतान्त्रिक आन्दोलनको दस्तावेज

‘बीपी र विद्रोहका ती दिन’ केवल लेखक धर्म गौतमको व्यक्तिगत राजनीतिक संस्मरण मात्र नभई नेपाली लोकतान्त्रिक आन्दोलनको महत्वपूर्ण कालखण्डलाई बुझ्न सहयोग गर्ने दस्तावेजका रूपमा आएको छ।

पुस्तकमा बीपी कोइरालाको सशस्त्र संघर्ष, भारतमा निर्वासन तथा भूमिगत जीवन बिताएका राजनीतिकर्मीहरूको अवस्था, तत्कालीन राजनीतिक रणनीति र राष्ट्रिय मेलमिलापको नीतिसम्मका थुप्रै प्रसंग समेटिएका छन्।

‘बीपी र विद्रोहका ती दिन’ किताब पब्लिशर्सले प्रकाशन गरेको हो।

Advertisement Banner
Previous Post

‘मन्द विष’को चपेटामा नेपाल, ३४ प्रतिशत नागरिक अझै विष सेवन गर्दै

Next Post

भद्रपुर आन्तरिक राजस्व कार्यालयले उठायो ४ अर्ब ९३ करोड राजस्व

Editorial Team

Editorial Team

Next Post
भद्रपुर आन्तरिक राजस्व कार्यालयले उठायो ४ अर्ब ९३ करोड राजस्व

भद्रपुर आन्तरिक राजस्व कार्यालयले उठायो ४ अर्ब ९३ करोड राजस्व

Discussion about this post

Recommended

Over 750 thousand leave Kathmandu Valley for hometowns for HoR voting

Over 750 thousand leave Kathmandu Valley for hometowns for HoR voting

5 months ago
Nepal Electricity Authority to organize AI hackathon for digital innovation

NEA invites local bodies to partner in solar energy projects

4 months ago

Don't Miss

Prime Minister Balen Shah holds meeting with Sudurpaschim lawmakers

Prime Minister Balendra Shah highlights revival of state-owned industries

August 9, 2026
Bangladesh proposes fisheries cooperation with Nepal

Bangladesh proposes fisheries cooperation with Nepal

August 9, 2026
Nepal Finance Ministry releases Rs 19.21 billion for election expenses

Beverage companies contribute billions in Nepal government revenue

August 9, 2026
Pentagon orders US defense companies to accelerate weapons production and deliveries

Pentagon orders US defense companies to accelerate weapons production and deliveries

August 9, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.