Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

चीनमा ‘डल्फिन’ आँधीको वितण्डा, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

Editorial Team by Editorial Team
August 10, 2026
in News, World
0
चीनमा ‘डल्फिन’ आँधीको वितण्डा, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – चीनको पूर्वी क्षेत्रमा शक्तिशाली ‘डल्फिन’ आँधी आएपछि १० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। आँधीका कारण आर्थिक राजधानी साङ्घाईसहित पूर्वी चीनका विभिन्न क्षेत्रमा जनजीवन प्रभावित भएको छ।

मौसम अधिकारीहरूका अनुसार ‘डल्फिन’ आँधीले आइतबार साँझ करिब ५ः३० बजे झेजियाङ प्रान्तको युहुआनमा पहिलोपटक जमिनमा प्रवेश गरेको थियो। त्यसबेला आँधीको अधिकतम गति प्रतिघण्टा १५० किलोमिटरसम्म पुगेको थियो।

पहिलोपटक ल्यान्डफल गरेको करिब एक घण्टापछि आँधीले वेन्झोउ सहरमा दोस्रोपटक जमिन छोएको थियो। शक्तिशाली हावाहुरी र भारी वर्षाका कारण तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको चिनियाँ अधिकारीहरूले जनाएका छन्।

साङ्घाईमा १,४०० उडान रद्द

आँधीको प्रभावका कारण साङ्घाईमा मात्रै करिब १ हजार ४ सय उडान रद्द गरिएको छ। उडान रद्द भएपछि ठूलो संख्यामा यात्रु प्रभावित भएका छन् भने हवाई तथा सार्वजनिक यातायात सेवासमेत प्रभावित भएको छ।

आँधीको जोखिमलाई मध्यनजर गर्दै चिनियाँ अधिकारीहरूले सुरुमा सबैभन्दा उच्च तहको ‘रेड अलर्ट’ जारी गरेका थिए। तर सोमबार बिहान आँधीको तीव्रता केही कम भएपछि चेतावनीको तह घटाइएको छ।

बाढी र पहिरोको जोखिम

मौसम विभागका अनुसार ‘डल्फिन’ आँधी अहिले चीनको आन्तरिक भूभागतर्फ अघि बढिरहेको छ। आँधी कमजोर हुँदै गए पनि यसले ठूलो मात्रामा वर्षा गराउन सक्ने भएकाले बुधबारसम्म बाढी र पहिरोको जोखिम रहेको चेतावनी दिइएको छ।

सानडोङ, हेनान, हुबेई, अनहुई, जियाङ्सु र झेजियाङ प्रान्तका साथै साङ्घाई क्षेत्रमा सोमबार पनि भारी वर्षाको सम्भावना रहेको मौसम अधिकारीहरूले बताएका छन्।

स्थानीय प्रशासनले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई सतर्क रहन तथा अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।

आँधीका कारण प्रभावित क्षेत्रमा उद्धार तथा राहत टोलीलाई तयारी अवस्थामा राखिएको छ भने सम्भावित बाढी, पहिरो र यातायात अवरोधलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले निगरानी बढाएको जनाएको छ।

Advertisement Banner
Previous Post

‘खाइराइड हास्यव्यङ्ग्य पुरस्कार–२०८३’ का लागि निबन्ध आह्वान

Next Post

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ २८ अगस्टमा

Editorial Team

Editorial Team

Next Post
ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ २८ अगस्टमा

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ २८ अगस्टमा

Discussion about this post

Recommended

पाँच महिनामा वीरगञ्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगञ्ज हुँदै ४० अर्बको सामान विदेश निर्यात

8 months ago
IMF Executive Board Approves Establishment of the Resilience and Sustainability Trust

IMF warns Russian gas embargo would lead to severe recessions in eastern Europe and Italy

4 years ago

Don't Miss

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

August 10, 2026
जापानमा किसानको अभाव चर्किँदै, खेतमा रोबोटको प्रयोग बढाउँदै

जापानमा किसानको अभाव चर्किँदै, खेतमा रोबोटको प्रयोग बढाउँदै

August 10, 2026
इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता

इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता

August 10, 2026
कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : सभापति थापा

कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : सभापति थापा

August 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.