Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ २८ अगस्टमा

Editorial Team by Editorial Team
August 10, 2026
in Nepal, News
0
ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनको औपचारिक शुभारम्भ २८ अगस्टमा
0
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – ग्लोबल कल्चरल एक्सपिडिसन फाउन्डेसनले आफ्नो औपचारिक शुभारम्भ तथा लन्च कार्यक्रम आयोजना गर्ने भएको छ। फाउन्डेसनले आगामी १२ भदौ २०८३ (२८ अगस्ट २०२६) मा काठमाडौंको बानेश्वरस्थित द एभरेस्ट होटलमा कार्यक्रम आयोजना गर्न लागेको हो।

‘संस्कृतिहरूलाई जोड्दै, समुदायलाई प्रेरित गर्दै, विश्वव्यापी अवसर सिर्जना गर्दै’ भन्ने मूल नाराका साथ आयोजना हुने कार्यक्रममा नेपाल तथा अन्तर्राष्ट्रिय समुदायबीच सांस्कृतिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक सम्बन्ध विस्तार गर्ने विषयलाई प्राथमिकता दिइने आयोजकले जनाएको छ।

फाउन्डेसनले विभिन्न देश, समुदाय, संस्था, पेशागत क्षेत्र तथा व्यक्तिहरूलाई साझा मञ्चमा जोड्दै सांस्कृतिक आदान–प्रदान, सामुदायिक सहभागिता, शिक्षा, पर्यटन प्रवद्र्धन, व्यावसायिक सहकार्य, सामाजिक विकास तथा अन्तर्राष्ट्रिय साझेदारीलाई प्रोत्साहन गर्ने लक्ष्य राखेको छ।

विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता

आयोजकका अनुसार कार्यक्रममा सरकारी निकायका प्रतिनिधि, व्यवसायी, शिक्षाविद्, पर्यटन तथा संस्कृति क्षेत्रका प्रतिनिधि, सञ्चारकर्मी, सामाजिक संघ–संस्था, पेशागत व्यक्तित्व, युवा तथा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ।

कार्यक्रममार्फत फाउन्डेसनको उद्देश्य तथा भावी कार्यक्रमका बारेमा जानकारी दिइनेछ। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहकार्यका सम्भावना, संस्थागत साझेदारी तथा समुदाय केन्द्रित विभिन्न पहलका विषयमा समेत छलफल हुने आयोजकले जनाएको छ।

औपचारिक शुभारम्भदेखि नेटवर्किङसम्म

कार्यक्रममा औपचारिक शुभारम्भ, स्वागत मन्तव्य, प्रमुख अतिथिको सम्बोधन तथा विशेष मन्तव्यका साथै अन्तरक्रिया र नेटवर्किङ सत्र आयोजना गरिनेछ।

त्यस्तै, सम्भावित साझेदारी तथा सहकार्यका विषयमा छलफल र लन्च कार्यक्रमसमेत आयोजना हुने फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनले सांस्कृतिक विविधताको सम्मान, आपसी समझदारीको विकास, ज्ञान तथा अनुभवको आदान–प्रदान र स्थानीयदेखि विश्वव्यापी तहसम्म नयाँ अवसर सिर्जना गर्नुलाई आफ्नो प्रमुख प्राथमिकतामा राखेको जनाएको छ।

संस्कृति, शिक्षा, पर्यटन, सामाजिक विकास तथा व्यावसायिक क्षेत्रलाई अन्तर्राष्ट्रिय सञ्जालसँग जोड्ने उद्देश्यसहित फाउन्डेसनले आगामी दिनमा विभिन्न कार्यक्रम तथा साझेदारीका पहल अघि बढाउने जनाएको छ।

Advertisement Banner
Previous Post

चीनमा ‘डल्फिन’ आँधीको वितण्डा, १० लाखभन्दा बढी मानिस सुरक्षित स्थानमा सारिए

Next Post

साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनको घुइँचो, ‘बोलबम’को जयघोषले गुञ्जियो परिसर

Editorial Team

Editorial Team

Next Post
साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनको घुइँचो, ‘बोलबम’को जयघोषले गुञ्जियो परिसर

साउनको अन्तिम सोमबार पशुपतिमा भक्तजनको घुइँचो, ‘बोलबम’को जयघोषले गुञ्जियो परिसर

Recommended

Neco Insurance announces 15.78 percent dividend

Neco Insurance announces 15.78 percent dividend

8 months ago
Seventy-fifth World Health Assembly to focus on “Health for Peace, Peace for Health” for recovery and renewal

WHO announces winners of the 3rd Health for All Film Festival

4 years ago

Don't Miss

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

अनेसास नेपाल च्याप्टरको चौथो महाधिवेशन सम्पन्न : अध्यक्षमा मंजिला शर्मा निर्वाचित

August 24, 2026
A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

A Familiar Visitor, A Poem by Avignya  Abhilasha Kashyap

August 22, 2026
होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.