Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : सभापति थापा

Editorial Team by Editorial Team
August 10, 2026
in Government, Nepal, News
0
कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : सभापति थापा
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन गर्न नसकिने बताएका छन्।

आइतबार पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै सभापति थापाले आगामी असोज १६ देखि १९ गतेसम्म महाधिवेशन गर्ने गरी तय गरिएको कार्यतालिका नै अन्तिम भएको बताएका हुन्।

उनले पार्टीको विधान र प्रचलित कानूनअनुसार तय भएको महाधिवेशनको कार्यतालिका परिवर्तन गर्ने अधिकार कसैलाई नरहेको जिकिर गरे।

‘महाधिवेशनका लागि जुन मिति तय गरिएको छ, त्यो तलमाथि गर्ने सुविधा हामी कसैलाई पनि छैन। हाम्रो विधान र नेपालको कानूनले पनि त्यही व्यवस्था गरेको छ,’ थापाले भने, ‘त्यसकारण असोज १६ देखि १९ गतेसम्मको कार्यतालिका नै अन्तिम हो।’

सदस्यता अद्यावधिकमा सहजताका कारण केही समय लागेको दाबी

सभापति थापाले पार्टीको बृहत्तर एकताका लागि छुटेका नेता तथा कार्यकर्तालाई सदस्यता अद्यावधिक प्रक्रियामा सहभागी गराउने उद्देश्यले कार्यतालिकामा आवश्यक हेरफेर र सहजता अपनाउँदा केही समय लागेको बताए।

वडा अधिवेशन सुरु गर्ने विषयमा भने एक–दुई दिनको सामान्य हेरफेर हुन सक्ने संकेत गर्दै उनले त्यसबारे केन्द्रीय कार्यसमिति बैठकबाटै टुंगो लगाउनुपर्ने बताए।

उनका अनुसार पार्टीबाट बाहिरिएका वा सदस्यता अद्यावधिक गर्न छुटेका नेता तथा कार्यकर्तालाई समेत प्रक्रियामा सहभागी गराउँदै महाधिवेशनलाई व्यापक र समावेशी बनाउन खोजिएको छ।

विशेष महाधिवेशनबारे अदालतको निर्णयको सामना गर्ने

सभापति थापाले पार्टीको वैधानिकता तथा विशेष महाधिवेशनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको पुनरवलोकन आदेशलाई आफूहरूले सामान्य रूपमा लिएको बताए।

उनले विधानसम्मत रूपमा सम्पन्न भएको विशेष महाधिवेशनलाई निर्वाचन आयोग र सर्वोच्च अदालतले यसअघि नै वैधानिकता दिइसकेको दाबी गर्दै अदालतसँग डराउनुपर्ने अवस्था नरहेको बताए।

थापाले न्यायालयप्रतिको विश्वास कायम राख्नुपर्नेमा जोड दिँदै कुनै व्यक्तिको अभिव्यक्ति वा भूमिकाका कारण संस्थामाथिको विश्वास कमजोर बनाउन नहुने धारणा राखे।

‘कुनै व्यक्तिका कारण संस्थाको आलोचना गर्नु हुँदैन। यसले संस्थाहरूमाथिको विश्वास घटाउँछ,’ उनले भने।

उनले नेपाली कांग्रेसले विगतदेखि नै न्यायालयमाथि विश्वास गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि न्यायिक प्रक्रियाको सम्मान गर्ने बताए।

महाधिवेशन निष्पक्ष र पारदर्शी बनाउन छलफल

सभापति थापाले १५औँ राष्ट्रिय महाधिवेशनलाई निष्पक्ष, पारदर्शी र व्यवस्थित बनाउने विषयमा पनि केन्द्रीय कार्यसमिति बैठकमा गम्भीर छलफल आवश्यक रहेको बताए।

महाधिवेशनको तयारी, सदस्यता अद्यावधिक, अधिवेशनको कार्यतालिका तथा संगठनात्मक प्रक्रियालाई व्यवस्थित गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

कांग्रेसको आगामी महाधिवेशन असोज १६ देखि १९ गतेसम्म गर्ने गरी तय भएको छ। महाधिवेशनको तयारीका क्रममा सदस्यता अद्यावधिक तथा तल्ला तहका अधिवेशनको कार्यतालिकालगायत विषयमा पार्टीभित्र छलफल जारी छ।

Advertisement Banner
Previous Post

आज विश्व सिंह दिवस, २५ हजारभन्दा कम जंगली सिंह संरक्षणको चुनौतीमा

Next Post

इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता

Editorial Team

Editorial Team

Next Post
इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता

इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता

Discussion about this post

Recommended

The World Bank Approves a US$ 700 Million Loan to Promote Ecuador’s Green, Resilient Economic Recovery

Western and Central African Leaders Endorse a New Roadmap to Tackle the Learning Crisis

4 years ago
नाबालिका तथा महिलाको तस्विर सम्प्रेषण गरी चरित्र हत्या गर्ने पक्राउ  

नाबालिका तथा महिलाको तस्विर सम्प्रेषण गरी चरित्र हत्या गर्ने पक्राउ  

4 years ago

Don't Miss

The Web of Dilemma, A Poem by Parvat Budhathoki

The Web of Dilemma, A Poem by Parvat Budhathoki

August 10, 2026
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

 Indian Ambassador Naveen Srivastava met Nepal Prime Minister Balen Shah

August 10, 2026
प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

August 10, 2026
जापानमा किसानको अभाव चर्किँदै, खेतमा रोबोटको प्रयोग बढाउँदै

जापानमा किसानको अभाव चर्किँदै, खेतमा रोबोटको प्रयोग बढाउँदै

August 10, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.