Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता

Editorial Team by Editorial Team
August 10, 2026
in News, World
0
इरानका सर्वोच्च नेता मोज्तबा र राष्ट्रपति पेजेस्कियानबीच भेटवार्ता
0
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ – इरानका राष्ट्रपति मसुद पेजेस्कियानले आफ्नो कार्यकालको तेस्रो वर्षमा प्रवेश गर्दै सर्वोच्च नेता आयतोल्लाह सय्यद मोज्तबा खामेनीसँग भेटवार्ता गरेका छन् ।भेटवार्ताका क्रममा इरानको आर्थिक तथा सैन्य अवस्थाबारे विस्तृत छलफल भएको छ । नेताहरूबीच जनताको जीविकोपार्जनसँग जोडिएका आवश्यकता, इरानविरुद्ध जारी अमेरिकी-इजरायली युद्धको अवस्था तथा आगामी सम्भावना, सैन्य गतिविधिमा भएका पछिल्ला घटनाक्रम र मुलुकको आर्थिक व्यवस्थापनका विषयमा छलफल भएको बताइएको इरानको प्रेस टिभीले उल्लेख गरेको छ ।अमेरिकाले इरानविरुद्धको युद्धमा घोषित लक्ष्य हासिल गर्न नसकेको दाबी भइरहेका बेला दुई मुलुकबीच थप तनाव बढ्न सक्ने सम्भावनाका बीच यो भेटवार्ता भएको हो ।
केहि समय अघि राष्ट्रपति पेजेस्कियान सर्वोच्च नेता मोज्तबालाई आफुले पनि भेट्न नसकेको भन्दै विवादित अभिव्यक्ति दिएका थिए ।;अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानविरुद्ध दोस्रो चरणको सैन्य कारबाही सुरु गरेका थिए । उक्त क्रममा इस्लामिक क्रान्तिका तत्कालीन नेता आयतोल्लाह सय्यद अली खामेनीसहित इरानका उच्च सैन्य कमान्डर तथा सरकारी अधिकारीहरूको हत्या गरिएको थियो ।मसुद पेजेस्कियान सन् २०२४ जुलाई ५ मा भएको राष्ट्रपतीय निर्वाचनको दोस्रो चरणमा विजयी भएका थिए । जुलाई ६ मा उनको विजय औपचारिक रूपमा घोषणा गरिएको थियो ।
त्यसपछि जुलाई २८ मा तत्कालीन सर्वोच्च नेता आयतोल्लाह सय्यद अली खामेनीले उनलाई राष्ट्रपतिका रूपमा औपचारिक नियुक्ति दिएका थिए । जुलाई ३० मा उनले इरानी संसद्सामु राष्ट्रपतिको शपथ लिएका थिए ।पेजेस्कियानको निर्वाचन तत्कालीन राष्ट्रपति इब्राहिम रइसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको केही महिनापछि भएको थियो ।

Advertisement Banner
Previous Post

कांग्रेस महाधिवेशनको मिति तलमाथि हुँदैन : सभापति थापा

Next Post

जापानमा किसानको अभाव चर्किँदै, खेतमा रोबोटको प्रयोग बढाउँदै

Editorial Team

Editorial Team

Next Post
जापानमा किसानको अभाव चर्किँदै, खेतमा रोबोटको प्रयोग बढाउँदै

जापानमा किसानको अभाव चर्किँदै, खेतमा रोबोटको प्रयोग बढाउँदै

Recommended

Government appoints Dr Shrestha as Vice-Chair of National Planning Commission

Government appoints Dr Shrestha as Vice-Chair of National Planning Commission

9 months ago
Indian Economy to Grow 7.5% in FY2022, 8% in FY2023

Indian Economy to Grow 7.5% in FY2022, 8% in FY2023

4 years ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.