Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

चितवनमा ग्यास अभाव : ८०२ उपभोक्ताको घरमै सिलिण्डर, प्रशासनले थाल्यो बजार अनुगमन

Editorial Team by Editorial Team
August 11, 2026
in Government, Nepal, News
0
चितवनमा ग्यास अभाव : ८०२ उपभोक्ताको घरमै सिलिण्डर, प्रशासनले थाल्यो बजार अनुगमन

LPG-GAs - 1

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

चितवन – चितवनमा खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि स्थानीय प्रशासनले उपभोक्तालाई आवश्यकताभन्दा बढी सिलिण्डर भण्डारण नगर्न आग्रह गरेको छ। साथै, ग्यास अभाव भएका उपभोक्तालाई सहज रूपमा सिलिण्डर उपलब्ध गराउन प्रशासनले वितरणमा सहजीकरण थालेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पछिल्लो एक सातामा ग्यास अभाव भएको भन्दै टोल फ्री नम्बरमा गुनासो टिपाएका ८०२ जना उपभोक्ताको घरमै सिलिण्डर पुर्‍याइएको छ।

असहाय, अशक्त, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, सुत्केरी, एकल महिला, ज्येष्ठ नागरिक तथा विद्यार्थीलाई प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराइएको प्रशासनले जनाएको छ।

भरतपुरसहित पूर्वी–पश्चिम चितवनमा वितरण

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार भरतपुरसहित पूर्वी र पश्चिम चितवनका विभिन्न क्षेत्रमा ग्यास सिलिण्डर वितरण गरिएको छ। ग्यास अभाव भएका आश्रमहरूमा समेत प्रशासनको समन्वयमा आश्रममै सिलिण्डर पुर्‍याइएको उनले जानकारी दिए।

ग्यास उद्योगबाट पर्याप्त मात्रामा ग्यास डिपोमा पुगिरहेको भनिए पनि डिपोबाट सर्वसाधारण उपभोक्तासम्म सहज रूपमा नपुगेको गुनासो आएपछि प्रशासनले उद्योगदेखि खुद्रा व्यापारीसम्मको वितरण प्रणालीको अनुगमन थालेको हो।

सहायक प्रमुख जिल्ला अधिकारी चूडामणि शर्मा गौतमको नेतृत्वमा प्रहरीसहितको टोलीले बजार अनुगमन गरिरहेको छ।

उद्योगीहरूले बजारमा पर्याप्त ग्यास पठाइएको दाबी गरे पनि उपभोक्ताहरू घण्टौँसम्म लाइनमा बस्नुपर्ने अवस्था देखिएपछि वितरण प्रणालीमा कहाँ समस्या भइरहेको छ भन्नेबारे प्रशासनले निगरानी बढाएको हो।

चितवनमा मासिक १ लाख २० हजार सिलिण्डर आवश्यक

प्रमुख जिल्ला अधिकारी अर्यालका अनुसार चितवनमा मासिक करिब १ लाख २० हजार सिलिण्डर ग्यास आवश्यक पर्छ। तर अहिले दैनिक करिब ६ देखि ७ हजार सिलिण्डर मात्रै वितरण भइरहेकाले मागअनुसार आपूर्ति हुन नसक्दा अभाव देखिएको हो।

चितवनमा हाल साईबाबा, बाबा र नेपाल ग्यासका उद्योग सञ्चालनमा छन्। यी उद्योगले चितवनसहित अन्य जिल्लाका डिलरहरूमा समेत ग्यास पठाउँदै आएका छन्।

भारतको रिफाइनरीमा समस्या आएपछि आपूर्ति प्रभावित

बाबा ग्यास उद्योगका सञ्चालक विमल कालाखेतीका अनुसार उद्योगबाट भरिएका सिलिण्डरमध्ये करिब आधा चितवन र आधा अन्य जिल्लामा पठाउने गरिएको छ।

भारतको दुर्गापुरस्थित रिफाइनरीमा समस्या आएपछि अहिले पारादीपबाट ग्यास ल्याउनुपर्ने अवस्था आएको उनले बताए।

उनका अनुसार दुर्गापुरबाट ग्यास ल्याउन करिब दुई दिन लाग्ने भए पनि पारादीपबाट ल्याउँदा करिब चार दिन लाग्छ। ढुवानी समय बढ्दा आपूर्ति चक्रमा समेत असर परेको उनको भनाइ छ।

बरौजी रिफाइनरीबाट समेत मागअनुसार पर्याप्त ग्यास नआएको र पछिल्लो समय माग बढेकाले समस्या थपिएको कालाखेतीले बताए।

‘केही दिन आधा सिलिण्डर भरेर वितरण गर्न सकिन्छ’

कालाखेतीका अनुसार केही समयका लागि आधा सिलिण्डर मात्रै भर्ने व्यवस्था गर्न सकिए वा बरौजी रिफाइनरीबाट प्राप्त हुने ग्यासको कोटा केही दिनका लागि बढाउन सकिए आपूर्ति समस्या सहज हुन सक्छ।

उनले उपभोक्तालाई पनि आवश्यकताअनुसार मात्रै ग्यास सिलिण्डर साट्न आग्रह गरेका छन्। घरमा अनावश्यक रूपमा सिलिण्डर भण्डारण नगरे हाल देखिएको अभाव छिट्टै समाधान गर्न सकिने उनको भनाइ छ।

कृत्रिम अभाव सिर्जना गरे कारबाही

स्थानीय प्रशासनले ग्यास वितरण प्रणालीलाई व्यवस्थित बनाउन बजार अनुगमनलाई निरन्तरता दिने जनाएको छ।

उद्योगबाट डिलर हुँदै उपभोक्तासम्म ग्यास पुग्ने प्रक्रियामा कुनै समस्या वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा आवश्यक कारबाही गरिने प्रशासनले जनाएको छ।

प्रशासनले उपभोक्तालाई पनि आवश्यकताभन्दा बढी सिलिण्डर घरमा नराख्न र ग्यास वितरणमा समस्या भए स्थानीय प्रशासनको टोल फ्री नम्बरमा जानकारी गराउन आग्रह गरेको छ।

Advertisement Banner
Previous Post

भोलि देखिँदैछ वर्षकै दुर्लभ सूर्यग्रहण, रुसदेखि स्पेनसम्म दिनमै छाउनेछ अँध्यारो

Next Post

आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो : ५५ ब्रान्ड, ४४ नयाँ मोडल सार्वजनिक हुँदै

Editorial Team

Editorial Team

Next Post
आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो : ५५ ब्रान्ड, ४४ नयाँ मोडल सार्वजनिक हुँदै

आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो : ५५ ब्रान्ड, ४४ नयाँ मोडल सार्वजनिक हुँदै

Discussion about this post

Recommended

US lifts Cuba flight restrictions imposed under former President Donald Trump

US lifts Cuba flight restrictions imposed under former President Donald Trump

4 years ago
Felix, Nothing New Under the Sun and Other Poems by Gabriel Bates

Felix, Nothing New Under the Sun and Other Poems by Gabriel Bates

8 months ago

Don't Miss

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Sandeep Lamichhane appointed Nepali cricket captain

Sandeep Lamichhane appointed Nepali cricket captain

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.