Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Government

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

Editorial Team by Editorial Team
August 11, 2026
in Government, Nepal, News
0
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले समय मिलाएर चाँडै भारत भ्रमण गर्ने बताएका छन्। सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पहिलोपटक भारतीय राजदूत नवीन श्रीवास्तवसँग भेटवार्ता गर्दै शाहले भारत भ्रमणको निम्तो स्वीकार गरेका हुन्।

भेटका क्रममा राजदूत श्रीवास्तवले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देशसहित भारत भ्रमणको औपचारिक निमन्त्रणा प्रधानमन्त्री शाहलाई हस्तान्तरण गरेका थिए।

निमन्त्रणा पाएपछि प्रधानमन्त्री शाहले भनेका थिए, ‘निमन्त्रणाका लागि धन्यवाद, म समय मिलाएर चाँडै भारत भ्रमण गर्नेछु।’

प्रधानमन्त्री बनेपछि भारतीय अधिकारीसँग पहिलो औपचारिक भेट

प्रधानमन्त्री शाहले चैतमा कार्यभार सम्हालेयता भारतीय अधिकारीसँग गरेको यो पहिलो औपचारिक भेट हो। भेट करिब आधा घण्टा चलेको थियो।

यसअघि प्रधानमन्त्री शाहले राजदूतहरूसँग एक्लाएक्लै भेट नगर्ने नीति लिँदै सामूहिक भेटघाट गर्दै आएका थिए। सोमबार भने उनले एकै दिन भारतीय र चिनियाँ राजदूतसँग भेटवार्ता गरेका हुन्।

यद्यपि बाहिर प्रधानमन्त्री र राजदूतबीच एक्लाएक्लै भेट भएको चर्चा भए पनि दुवै भेटमा प्रधानमन्त्रीको टिम सहभागी थियो।

शाहसँग प्रमुख स्वकीय सचिव सुवास शर्मा, आईटी सल्लाहकार विवेक मिश्र तथा परराष्ट्र मन्त्रालयको भारत डेस्कका प्रमुख सहसचिवसहित दुई अधिकारी सहभागी थिए। भारतीय दूतावासका तर्फबाट डेपुटी चिफ अफ मिसन र राजनीतिक अधिकारी सहभागी थिए।

मोदीको निम्तो लामो समयदेखि रोकिएको थियो

भारतीय प्रधानमन्त्री मोदीले शाहले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारत भ्रमणका लागि निमन्त्रणा पठाएका थिए। तर राजदूत श्रीवास्तवले प्रधानमन्त्रीसँग भेट गर्न नपाएकाले उक्त निमन्त्रणा औपचारिक रूपमा हस्तान्तरण हुन सकेको थिएन।

पछि मोदीको निमन्त्रणा लिएर भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल आउने तयारी भए पनि प्रधानमन्त्री शाहले भेटका लागि समय नदिएपछि भ्रमण स्थगित भएको थियो। यद्यपि मोदीको सन्देश र निमन्त्रणाबारे डिजिटल माध्यमबाट प्रधानमन्त्री शाहलाई जानकारी गराइएको थियो।

सोमबारको भेटमा भने राजदूत श्रीवास्तवले मोदीको सन्देशसहितको निमन्त्रणा औपचारिक रूपमा हस्तान्तरण गरेका हुन्।

प्रधानमन्त्रीको टिमका एक सदस्यका अनुसार अब भारत भ्रमण गर्ने विषय प्रधानमन्त्री शाहकै निर्णयमा निर्भर हुनेछ।

‘आज बल्ल प्रधानमन्त्रीले भ्रमणको निम्तो पाउनुभएको छ। भ्रमण गर्नुपर्छ भन्ने छ, अब कहिले गर्ने प्रधानमन्त्रीमै निर्भर गर्छ,’ ती सदस्यले भने।

भारत भ्रमणको तयारीमा सक्रिय थियो प्रधानमन्त्रीको टिम

प्रधानमन्त्री शाहले भारतीय अधिकारीसँग भेट नगरेका कारण उनको सम्भावित भारत भ्रमणबारे लामो समयदेखि प्रश्न उठ्दै आएको थियो।

यसैबीच असार दोस्रो साता प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन दिल्ली पुगेर भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र उनको टिमसँग भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री शाहको भारत भ्रमणको वातावरण बनाउन बेन दिल्ली पुगेको बताइएको थियो। दिल्ली जानुअघि र फर्किएपछि उनले भारतीय राजदूत श्रीवास्तवसँग समेत छलफल गरेका थिए।

यसअघि परराष्ट्रमन्त्री शिशिर खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले समेत भारत भ्रमण गरेका थिए।

बालेनले भ्रमणको निर्णय गरे जयशंकर नेपाल आउन सक्ने

प्रधानमन्त्री शाहले भारत भ्रमणको मिति तय गरेमा द्विपक्षीय भेटवार्ताका एजेन्डा तय गर्न भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउने सम्भावना रहेको स्रोतहरूले बताएका छन्।

भारतको विदेश मन्त्रालयनिकट स्रोतका अनुसार जयशंकरको नेपाल भ्रमणबारे छलफल भए पनि अहिलेसम्म निश्चित भइसकेको छैन।

‘जयशंकर नेपाल आउने कुरा चलेको हो, तर निश्चित भइसकेको छैन। प्रधानमन्त्री शाहको भारत भ्रमणको मिति तय भयो भने तयारीका क्रममा जयशंकर नेपाल आउन सक्नुहुन्छ,’ स्रोतले जनाएको छ।

ब्रिक्स सम्मेलनमा सी र मोदीसँग भेटको अवसर ?

भारतले आगामी सेप्टेम्बर १२ र १३ मा नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन आयोजना गर्दैछ। सम्मेलनमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलगायत नेताहरू सहभागी हुनेछन्।

नेपाल ब्रिक्सको सदस्य राष्ट्र होइन। तर बिम्स्टेक सदस्य राष्ट्रका सरकार तथा राष्ट्र प्रमुखलाई ब्रिक्स आउटरिच सम्मेलनमा निमन्त्रणा गर्ने अभ्यास रहेकाले प्रधानमन्त्री शाहले भारत भ्रमणको निर्णय गरेमा त्यस अवसरमा भारत जाने सम्भावना पनि देखिएको छ।

यस्तो अवस्थामा शाहले भारतीय प्रधानमन्त्री मोदीसँगै चिनियाँ राष्ट्रपति सीसँग समेत दिल्लीमै भेटवार्ता गर्ने अवसर पाउन सक्छन्।

सन् २०१६ मा भारतको गोआमा भएको ब्रिक्स सम्मेलनमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले यस्तै अवसर पाएका थिए। सम्मेलनपछि दाहालले चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीसँग अनौपचारिक भेटवार्ता गरेका थिए।

परिस्थिति अनुकूल भएमा दाहालपछि प्रधानमन्त्री शाहले समेत यस्तै उच्चस्तरीय भेटवार्ताको अवसर पाउन सक्ने कूटनीतिक वृत्तमा चर्चा छ।

Advertisement Banner
Previous Post

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

Next Post

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

Editorial Team

Editorial Team

Next Post
कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

Discussion about this post

Recommended

Korea–Nepal Mask Art Exhibition opens at Patan Museum

Korea–Nepal Mask Art Exhibition opens at Patan Museum

8 months ago
दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु

दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट १६ जनाको मृत्यु

5 months ago

Don't Miss

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

कोलम्बियामा ७.४ म्याग्निच्युडको भूकम्प, मृत्यु हुनेको संख्या १३२ पुग्यो

August 11, 2026
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

August 11, 2026
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

August 11, 2026
Sandeep Lamichhane appointed Nepali cricket captain

Sandeep Lamichhane appointed Nepali cricket captain

August 11, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.