Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सुदूरपश्चिम चुनाव: आधाभन्दा बढी मतदान केन्द्र अतिसंवेदनशील, सात हजार प्रहरी तैनाथ

Editorial Team by Editorial Team
February 8, 2026
in Nepal, News, Sudurpashchim Province
0
मधेसमा चुनावी ‘रेड अलर्ट’:केही जिल्लालाई ‘उच्च जोखिम क्षेत्र’ घोषणा
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

धनगढी – सुदूरपश्चिम प्रदेशमा आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनलाई लक्षित गर्दै प्रदेशभर सात हजारभन्दा बढी नेपाल प्रहरी परिचालन गरिने भएको छ। सुरक्षा चुनौतीको विश्लेषणका आधारमा नेपाल प्रहरी, निर्वाचन प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार निर्वाचन सुरक्षाका लागि प्रदेशभर कुल ७ हजार ५८ जना नेपाल प्रहरी परिचालन हुनेछन्। प्रहरीसँगै सहायक भूमिकामा निर्वाचन प्रहरी तथा सशस्त्र प्रहरी पनि खटाइनेछ।
उनका अनुसार प्रदेशका नौवटै जिल्लामा १३ हजार ६६९ जना निर्वाचन प्रहरी परिचालन गरिनेछ भने सशस्त्र प्रहरीतर्फ १ हजार ५१९ जना निर्वाचन सुरक्षामा खटाइने तयारी गरिएको छ। “मतदानअघि, मतदानका दिन र मतदानपछि समेत सुरक्षा चुनौतीलाई ध्यानमा राखेर जनशक्ति व्यवस्थापन गरिएको छ,” एसएसपी विष्टले बताए।
प्रदेश प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेशमा यसपटक १ हजार १७६ मतदान स्थल र २ हजार १९९ मतदान केन्द्र रहेका छन्। मतदान स्थल तथा केन्द्रको संवेदनशीलताको आधारमा वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मतदान स्थलतर्फ ३०० वटा सामान्य, ३९५ वटा संवेदनशील र ४८१ वटा अतिसंवेदनशील सूचीमा राखिएका छन्। यस्तै, मतदान केन्द्रमध्ये ४५६ वटा सामान्य, ७५७ वटा संवेदनशील र ९८६ वटा अतिसंवेदनशील रहेका छन्।
सुरक्षा मापदण्डअनुसार सामान्य मतदान केन्द्रमा पाँच जना, संवेदनशील केन्द्रमा छ जना र अतिसंवेदनशील केन्द्रमा १० जना प्रहरी परिचालन गरिनेछ। मतदान स्थलको भित्री सुरक्षामा नेपाल प्रहरी खटाइनेछ भने बाहिरी सुरक्षाका लागि थप जनशक्ति र मोबाइल गस्ती परिचालन गरिने एसएसपी विष्टले जानकारी दिए।
प्रदेश प्रहरीले निर्वाचनलाई लक्षित गर्दै सुरक्षा योजना तीन तहमा कार्यान्वयन गर्ने जनाएको छ। पहिलो तहमा मतदान केन्द्रको भित्री सुरक्षा, दोस्रो तहमा मतदान स्थल वरपरको सुरक्षा र तेस्रो तहमा जिल्लास्तरीय रिजर्भ फोर्स परिचालन गरिनेछ।यसपटकको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा कुल १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन्। प्रदेश निर्वाचन कार्यालयका अनुसार तीमध्ये ८ लाख ६४ हजार ४२३ महिला र ८ लाख ५२ हजार २१९ पुरुष मतदाता रहेका छन्।
प्रदेश प्रहरीले विगतका निर्वाचन अनुभव, भौगोलिक अवस्था, राजनीतिक प्रतिस्पर्धाको अवस्था तथा सम्भावित जोखिमलाई मूल्यांकन गर्दै बाजुरा, बझाङ, अछाम र दार्चुला जिल्लालाई अतिसंवेदनशील सूचीमा राखेको छ। ती जिल्लामा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ।“यी जिल्लामा सुरक्षा चुनौती तुलनात्मक रूपमा बढी देखिएकाले थप जनशक्ति, निगरानी र गस्ती व्यवस्था कडा बनाइएको छ,” एसएसपी विष्टले भने।प्रदेश प्रहरीका अनुसार निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सबै सुरक्षा निकायबीच समन्वय गरिएको छ। निर्वाचन आचारसंहिता उल्लंघन, अवाञ्छित गतिविधि, मदिरा तथा हतियारको दुरुपयोग रोक्न विशेष निगरानी गरिने पनि प्रहरीले जनाएको छ।
यसपटक सुदूरपश्चिम प्रदेशमा २४ वटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका छन्। दलहरूको सक्रियता बढेसँगै सम्भावित विवाद तथा झडप रोक्न प्रहरी प्रशासन सतर्क रहेको बताइएको छ।प्रदेश प्रहरी कार्यालयले नागरिकलाई निर्धक्क भएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गर्दै कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल नजिकको सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।

Advertisement Banner
Previous Post

मधेसमा चुनावी ‘रेड अलर्ट’:केही जिल्लालाई ‘उच्च जोखिम क्षेत्र’ घोषणा

Next Post

निर्वाचनअघि नेपाल–भारत सीमा सिल !

Editorial Team

Editorial Team

Next Post
निर्वाचनअघि नेपाल–भारत सीमा सिल !

निर्वाचनअघि नेपाल–भारत सीमा सिल !

Recommended

Tecnológico de Monterrey brings together experts at International Symposium on Food Security and Nutrition

Tecnológico de Monterrey brings together experts at International Symposium on Food Security and Nutrition

7 months ago
भेनेजुएलामा डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति घोषित

भेनेजुएलामा डेल्सी रोड्रिगेज अन्तरिम राष्ट्रपति घोषित

9 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.