Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Book Releases

नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

Editorial Team by Editorial Team
August 11, 2026
in Book Releases, Literature, Nepal, News
0
नेपालयद्वारा ७५ युवा लेखकका कृति सार्वजनिक

default

0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं -कालिकास्थानस्थित नेपालयको आरशालामा शनिबार नेपाली साहित्यमा नयाँ पुस्ताको बलियो उपस्थिति देखियो। सामान्यतः साहित्यिक कार्यक्रममा देखिने अनुहारभन्दा फरक, ठूलो संख्यामा युवा पाठक तथा लेखकको सहभागिताले आरशाला दिनभर खचाखच रह्यो ।

अस्ट्रियाको भियना विश्वविद्यालयमा प्राध्यापनरत लेखक अलका आत्रेय चूडालले युवाको साहित्यप्रतिको उत्साह देखेर आफू आश्चर्यमा परेको बताइन्। नेपालयले गत वर्ष २५ वर्षमुनिका लेखकबाट कथा, कविता र निबन्ध (ककनि) आह्वान गरेको थियो। सो आह्वानबाट छनोट भएका ७५ युवा लेखकका रचना शनिबार सार्वजनिक गरिएको हो।

तीन विधामा २५–२५ जना लेखक छनोट गरिएको थियो। कार्यक्रममा नयाँ पुस्ताका कथाकार, कवि तथा निबन्धकारले आफ्ना सिर्जना सार्वजनिक गर्नुका साथै स्थापित साहित्यकारसँग खुला संवादसमेत गरेका थिए।
‘असम्भवजस्तो लागेको प्लेटफर्म पाएँ’
कविता विधामा छनोट भएका धरानका आर्य निरौलाले आफूले अपेक्षा नै नगरेको साहित्यिक मञ्च प्राप्त गरेको बताए। ह्वाइट केनको सहायतामा कार्यक्रममा सहभागी निरौला काठमाडौंमा मनोविज्ञानमा स्नातक अध्ययनरत छन्।
उनले यस्तो अवसर पाउनु आफ्नो लागि महत्वपूर्ण उपलब्धि भएको बताए।
नारायण वाग्लेसँग युवा कथाकारको संवाद
कथा विधामा छनोट भएका २५ युवा लेखकसँग लेखक नारायण वाग्लेले एक घण्टा खुला संवाद गरे।
वाग्लेले युवा लेखकहरूको कथा शैली र शिल्प आफूलाई प्रभावित बनाएको बताए। उनीहरूको परिपक्व प्रश्न र साहित्यिक धारणाले नेपाली आख्यानमा नयाँ पुस्ताको बलियो उपस्थिति देखिएको उनको भनाइ थियो।
कथा विधामा अजय कार्की, अनिता धिताल, अनुष्का लामिछाने, अमित भट्टराई, आर्या अधिकारी, ईशान ढकाल, उमेश कार्की, कविराज क्षत्री, कृतिशा अमात्य, तेजकुमार राई, दीपक गौतम, दीपिका खतिवडा, नवीन धमला, निश्चल भण्डारी, नीरव, परीक्षा शर्मा, प्रनिका श्रेष्ठ, प्रशान्त वाग्ले ‘प्राकृतिक’, मधुसूदन घिमिरे, रोदिनलाल श्रेष्ठ, शिवराज शाही, समर्पण न्यौपाने, समिन गैरे, सुमन पौडेल र सोमनाथ लुइटेलका रचना समेटिएका छन्।
‘यो तपाईंहरूको समय हो’
कविता विधाका युवा सर्जकसँग कवि तथा आख्यानकार श्रवण मुकारुङले खुला संवाद गरे।
युवा कविहरूका सिर्जनाले आफूलाई नयाँ पुस्ताको समय आएको अनुभूति गराएको बताउँदै मुकारुङले उनीहरूका कृति नयाँ स्वर सुन्न चाहने पाठकका लागि सिफारिसयोग्य रहेको बताए।
कविता विधामा अनिता तिवारी, अनुपा गैरे, आर्य निरौला, उत्सव आचार्य, उषा लिम्बू, कम्मान रावल, गायत्री नेपाल, गौरव न्यौपाने, जोनसन श्रेष्ठ, डोल्मा लामा, तीर्थराज विश्वकर्मा, दुर्गा खतिवडा, नवीनकुमार नेपाली, नारन न्यौपाने, प्रज्वल लोहनी, प्रदीप योङ्हाङ, प्रिशा शशी लेखक, युक्ता सुनुवार, रसिला धमला, श्रव्य आरिया, समृद्ध हमाल, सुजता बस्याल, सुदर्शनप्रकाश खड्का, सुरङ्गा सेढाई र स्पन्दन झा छनोट भएका छन्।
निबन्धमा पनि नयाँ पुस्ताको बलियो उपस्थिति
निबन्ध विधामा छनोट भएका २५ युवा लेखकसँग निबन्धकार भूषिता वशिष्ठले अनलाइनमार्फत संवाद गरिन्।
उनले युवा निबन्धकारका रचनामा विषय छनोट, शैली र साहित्यिक परिपक्वता उल्लेखनीय रहेको बताइन्।
निबन्ध विधामा अनुकृत लामिछाने, अविरल जाग्री, कञ्चनकुमार बस्नेत, कवीन्द्र जोशी, कृषा दाहाल, जयनी पण्डित, जिज्ञासा सोनम, धीरजप्रताप मल्ल ठकुरी, नुमा थाम्सुहाङ, परिमलप्रकाश नेपाल, भूमिका थारु, मनस्वी बान्तवा, ममता घिमिरे, महिता श्रेष्ठ, मोहन सङ्ग्राम, विक्रम नेपाल, विनोद लामिछाने, विवेक भट्टराई, शून्य नयन, सलिना बास्तोला, संयोग बस्याल, संस्कृति रिजाल, सन्जिला खनाल, सागर घले र सापेक्ष छनोट भएका छन्।
तीनै विधाका रचना छनोट गर्ने श्रवण मुकारुङ, नारायण वाग्ले र भूषिता वशिष्ठले ७५ युवा रचनाकारसँग संवाद गरेका थिए। केही लेखक काठमाडौं तथा देशबाहिरबाट अनलाइनमार्फत कार्यक्रममा जोडिएका थिए।
‘नेपाली साहित्यका लागि ऐतिहासिक दिन’
युवा लेखकका परिपक्व विचार, धारिला प्रश्न र गहिरा जिज्ञासाले कार्यक्रमका छनोटकर्तासमेत प्रभावित देखिएका थिए।
मुकारुङले यसलाई नेपाली साहित्यका लागि ऐतिहासिक दिन भएको टिप्पणी गर्दै नयाँ पुस्ताका बलिया लेखकहरू सिर्जनशील र वैचारिक हस्तक्षेपसहित उदाएको बताए।
नेपालयका टिम लिडर किरणकृष्ण श्रेष्ठका अनुसार ‘पल्पसा क्याफे’ उपन्यास प्रकाशनबाट सुरु भएको नेपालयको यात्राले २० वर्ष पूरा गरेको अवसरमा नयाँ पुस्ताका लेखक खोजी गरिएको हो।
‘२५ वर्षका २५’ अभियानबाट ७५ लेखकसम्म
सन् २०२५ मा नेपालयले ‘२५ वर्षका २५’ शीर्षकमा २५ वर्षमुनिका युवाबाट कथा, कविता र निबन्ध आह्वान गरेको थियो।

अभियानका परिकल्पनाकार तथा सम्पादक विमल आचार्यले संसारभरबाट उत्साहजनक सहभागिता प्राप्त भएको बताए। युवाहरू पढ्दैनन् र लेख्दैनन् भन्ने भाष्यमाथि प्रश्न उठाउँदै अभियानले नेपाली साहित्यमा नयाँ सम्भावना देखाएको उनको भनाइ छ।
आचार्यले अभियानबाट प्राप्त रचनाका विभिन्न पक्षलाई समेटेर ‘ककनिको कथा’अन्तर्गत तीन पुस्तकमा लेखसमेत तयार गरेका छन्।

नेपालय साहित्य उत्सवमा पुस्तकालयदेखि आख्यानसम्म
नेपालयले शनिबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म विभिन्न कार्यक्रमसहित नेपालय साहित्य उत्सव आयोजना गरेको थियो।
उत्सवमा समाजशास्त्री तथा ‘सन्धिकाल’ पुस्तकका लेखक लोकरञ्जन पराजुलीले ‘नेपालमा पुस्तकालय र पठन परम्परा’ विषयमा कीनोट स्पिच दिएका थिए। उनले सार्वजनिक पुस्तकालयको आवश्यकता र महत्वबारे युवा लेखकहरूमाझ चर्चा गरे।
यसैगरी नेपालयले अघिल्लो वर्ष प्रकाशन गरेका तीन उपन्यास—‘जगज्जननी उसकी आमाको नाम होइन’, ‘सलह’ र ‘पैकेलो’—का लेखक क्रमशः नारायण ढकाल, श्रवण मुकारुङ र ओम रिजालबीच ‘आजको आख्यान’ विषयमा छलफल भएको थियो। छलफलको सहजीकरण सृजना खड्काले गरेकी थिइन्।

नेपथ्यको डकुमेन्ट्रीसँगै उत्सव समापन
उत्सवको अन्त्यमा नेपथ्य ब्यान्डले सन् २००४ मा गरेको नेपाल यात्रासम्बन्धी डकुमेन्ट्री फिल्म प्रदर्शन गरिएको थियो।
सोही अवसरमा नेपालयले हरेक अंग्रेजी महिनाको तेस्रो शुक्रबार आरशालामा फिल्म क्लब सञ्चालन गर्ने घोषणा गरेको छ।

नयाँ पुस्ताका लेखक, पाठक र साहित्यप्रेमीको उल्लेखनीय सहभागिताले नेपालय साहित्य उत्सवले नेपाली साहित्यमा युवा पुस्ताको बढ्दो रुचि र सिर्जनात्मक सक्रियतालाई सार्वजनिक रूपमा प्रस्तुत गरेको आयोजकको भनाइ छ।

Advertisement Banner
Previous Post

Sandeep Lamichhane appointed Nepali cricket captain

Next Post

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

Editorial Team

Editorial Team

Next Post
भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

भारत भ्रमणको निम्तो पाएपछि बालेनले भने– ‘समय मिलाएर चाँडै भारत जान्छु’

Recommended

Chinese ambassador Chen Song calls on Agriculture Minister Dr Pariyar

Chinese ambassador Chen Song calls on Agriculture Minister Dr Pariyar

10 months ago
आईसीसी टी–२० विश्वकपः आज सुपर–८ का दुई खेल हुँदै

आईसीसी टी–२० विश्वकपः आज सुपर–८ का दुई खेल हुँदै

7 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.