Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News

क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह

Editorial Team by Editorial Team
August 12, 2026
in News, Sports, World
0
क्रिस्टियानो रोनाल्डोले जर्जिना रोड्रिग्वेजसँग गरे विवाह
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – पोर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नी लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिग्वेजसँग विवाह गरेका छन्। रोनाल्डो र रोड्रिग्वेजले मंगलबार, अगस्ट ११ मा पोर्चुगलको कास्काइसमा भएको निजी समारोहमा विवाह गरेका हुन्।

रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत विवाहको पुष्टि गर्दै दुवैको हातमा विवाहको औंठी देखिएको तस्वीर सार्वजनिक गरेका थिए। लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरूले सन् २०२५ अगस्टमा इन्गेजमेन्टको घोषणा गरेका थिए।

रोनाल्डो र जर्जिना सन् २०१६ देखि सम्बन्धमा छन्। उनीहरूका सन्तानसमेत छन् र लामो समयदेखि विवाहको चर्चा हुँदै आए पनि मंगलबार मात्रै उनीहरूले औपचारिक रूपमा विवाह गरेका हुन्।

रोनाल्डोको व्यक्तिगत जीवनमा नयाँ अध्याय सुरु भएको समय उनको फुटबल करियरको महत्वपूर्ण मोडसँग पनि जोडिएको छ। सन् २०२६ को फिफा विश्वकपमा पोर्चुगलका लागि खेलेका रोनाल्डोको विश्वकप यात्रा स्पेनसँगको अन्तिम १६ को खेलसँगै समाप्त भएको थियो। उक्त खेलमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गरेको थियो। स्पेनका मिकेल मेरिनोले इन्जुरी टाइममा निर्णायक गोल गरेका थिए।

उक्त पराजयपछि रोनाल्डोले २० वर्ष लामो विश्वकप यात्रालाई अन्त्य गरेका थिए। उनले सन् २००६ मा पहिलोपटक विश्वकप खेलेका थिए। त्यसयता उनी लगातार विश्वकपमा सहभागी हुँदै आएका थिए। २०२६ को प्रतियोगिता उनको छैटौं र अन्तिम विश्वकप बनेको हो।

विश्वकपको उपाधि जित्न नसके पनि रोनाल्डोले क्लब तथा अन्तर्राष्ट्रिय फुटबलमा उल्लेखनीय सफलता हासिल गरेका छन्। अब उनको व्यक्तिगत जीवनमा जर्जिनासँगको विवाहले नयाँ अध्याय थपिएको छ।

Advertisement Banner
Previous Post

बालेन–सुधन सम्बन्धमा चिसोपन, समानान्तर शक्ति केन्द्रको आरोपले बढायो दूरी

Next Post

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

Editorial Team

Editorial Team

Next Post
झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

झारखण्डमा भर्ती परीक्षाको अनियमितताविरुद्ध आन्दोलन, महतोको अनशन ११औँ दिनमा

Discussion about this post

Recommended

Four children killed in home fire in Nepal

Four children killed in home fire in Nepal

4 years ago
Saint-Gobain has become the first player in the world to achieve zero carbon production of flat glass

Saint-Gobain has become the first player in the world to achieve zero carbon production of flat glass

4 years ago

Don't Miss

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

पल्लव साहित्य प्रतिष्ठानद्वारा ६ स्रष्टासम्मानित हुँदै

August 12, 2026
एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

एमाले–नेकपाले प्रदेश सरकार गठनका लागि ५ बुँदे साझा कार्यढाँचा जारी गरे

August 12, 2026
सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

सम्पत्ति शुद्धीकरण मुद्दामा शेखर गोल्छासँग एक करोड धरौटी माग

August 12, 2026
महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

महाकालीमा पानीको बहाव एक लाख आठ हजार क्युसेक नाघ्यो, ठूला सवारीमा रोक

August 12, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.