Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

कांग्रेसको १५औँ महाधिवेशनको नयाँ निर्वाचन तालिका सार्वजनिक

असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन

Editorial Team by Editorial Team
August 19, 2026
in Nepal, News, Politics
0
कांग्रेसको १५औँ महाधिवेशनको नयाँ निर्वाचन तालिका सार्वजनिक
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । नेपाली कांग्रेसले १५औँ केन्द्रीय महाधिवेशन आगामी असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा सम्पन्न गर्ने गरी संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

केन्द्रीय निर्वाचन समितिले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीको विधान, संविधान तथा प्रचलित कानुनअनुसार महाधिवेशनअन्तर्गत विभिन्न तहका अधिवेशनको मिति सार्वजनिक गरेको हो।

बीपी स्मृति भवन, ललितपुरमा बसेको निर्वाचन समितिको बैठकले विधानको धारा ३५ (२) (च) बमोजिम निर्वाचन कार्यक्रम तय गरेको जनाएको छ।

संशोधित कार्यतालिकाअनुसार भदौ २४ गते देशभरका ६ हजार ७४३ वडामा वडा अधिवेशन हुनेछ। त्यसपछि भदौ २७ गते गाउँपालिका तथा नगरपालिका अधिवेशन सम्पन्न गर्ने तालिका छ।

त्यस्तै, भदौ ३१ गते प्रदेश सभा क्षेत्रीय अधिवेशन, असोज ३ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन तथा एक मात्र निर्वाचन क्षेत्र भएका जिल्लाको अधिवेशन र असोज ७ गते जिल्ला अधिवेशन हुने भएको छ।

कांग्रेसले असोज १० गते प्रदेश अधिवेशन सम्पन्न गर्ने गरी कार्यतालिका बनाएको छ। सबै तहका अधिवेशन सम्पन्न भएपछि असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा केन्द्रीय महाधिवेशन आयोजना हुनेछ।

निर्वाचन प्रतिनिधिलाई अभिमुखीकरण

निर्वाचन समितिका अनुसार निर्वाचन प्रतिनिधिहरूलाई भदौ २ देखि १० गतेसम्म अभिमुखीकरण तालिम दिइनेछ। भदौ ११ गते निर्वाचन अधिकृतलाई सम्बन्धित जिल्लामा खटाइनेछ भने भदौ १५ गते वडामा निर्वाचन प्रतिनिधि खटाउने कार्य सम्पन्न गरिनेछ।

त्यसैगरी, भदौ १६ देखि २० गतेसम्म वडास्तरमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको छ।

बाँकी रहेका नेपाली जनसम्पर्क समितिका अधिवेशन भने भदौ मसान्तभित्र सम्पन्न गरिसक्नुपर्ने निर्वाचन समितिले जनाएको छ। अमेरिका, फ्रान्स, नेदरल्यान्ड्स, जापान, दक्षिण कोरियालगायत १५ देशमा जनसम्पर्क समितिका अधिवेशन यसअघि नै सम्पन्न भइसकेका छन्।

निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काका अनुसार वर्षायामको अवस्था तथा पार्टीभित्र भइरहेको आन्तरिक छलफललाई ध्यानमा राख्दै केही समय थप गरेर निर्वाचन कार्यतालिका परिमार्जन गरिएको हो।

संशोधित कार्यतालिकासँगै कांग्रेसको १५औँ महाधिवेशनको तयारी थप तीव्र हुने देखिएको छ। वडा तहबाट सुरु हुने अधिवेशन क्रमशः स्थानीय, जिल्ला र प्रदेश तह हुँदै केन्द्रीय नेतृत्व चयनको प्रक्रियातर्फ अघि बढ्नेछ।

Advertisement Banner
Previous Post

डिम्ब–शुक्रकीटको ‘अव्यवस्थित बजार’बारे राष्ट्रिय सभामा ध्यानाकर्षण

Next Post

सुदूरपश्चिमका सांसद प्रकाशबहादुर देउवाको पद रिक्त

Editorial Team

Editorial Team

Next Post
सुदूरपश्चिमका सांसद प्रकाशबहादुर देउवाको पद रिक्त

सुदूरपश्चिमका सांसद प्रकाशबहादुर देउवाको पद रिक्त

Discussion about this post

Recommended

USA’s Yolina Lindquist Crowned Miss Cosmo 2025 in Vietnam; India’s Vipra Mehta Secures Top 21 Finish

USA’s Yolina Lindquist Crowned Miss Cosmo 2025 in Vietnam; India’s Vipra Mehta Secures Top 21 Finish

8 months ago
Gagan Thapa Leads New Nepali Congress Central Committee

Gagan Thapa Leads New Nepali Congress Central Committee

7 months ago

Don't Miss

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

होर्मुजलाई ‘नयाँ अमेरिकी भूभाग’ बताउँदै ट्रम्प, इरानको कडा आपत्ति

August 19, 2026
भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

भारतीय गायक नवजोत आहुजा सांगीतिक प्रस्तुतिका लागि नेपालमा

August 19, 2026
मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

मधेशको वर्तमान अवस्था र भविष्यको दिशामाथि गहन बहस

August 19, 2026
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

August 19, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.