Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home News Nepal

सुदूरपश्चिमका सांसद प्रकाशबहादुर देउवाको पद रिक्त

२७ बैठकमा अनुपस्थित, अमेरिकामै रहेका देउवाको सांसद पद संवैधानिक प्रक्रियाअनुसार रिक्त

Editorial Team by Editorial Team
August 19, 2026
in Nepal, News
0
सुदूरपश्चिमका सांसद प्रकाशबहादुर देउवाको पद रिक्त
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

धनगढी । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको प्रदेशसभा सदस्य पद रिक्त भएको छ।

प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेश सभामुख भीमबहादुर भण्डारीले स्वीकृत गरेसँगै मंगलबारदेखि देउवाको प्रदेशसभा सदस्य पद औपचारिक रूपमा रिक्त भएको हो।

प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार देउवा प्रदेशसभालाई पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएकाले संवैधानिक व्यवस्थाअनुसार पद रिक्त गरिएको हो। सभामुख भण्डारीले बुधबार बस्ने प्रदेशसभा बैठकमा यसबारे औपचारिक जानकारी गराउने तयारी गरेका छन्।

प्रदेशसभा बैठकबाट पद रिक्त भएको जानकारी गराएपछि सूचना राजपत्रमा प्रकाशित गरिनेछ। त्यसपछि निर्वाचन आयोगलाई समेत औपचारिक रूपमा जानकारी गराइने प्रदेशसभा सचिवालयले जनाएको छ।

२७ बैठकमा अनुपस्थित

गत वर्ष भदौ २८ गतेको जेनजी आन्दोलनपछि व्यक्तिगत कामका लागि अमेरिका गएका देउवा त्यसयता नेपाल फर्किएका छैनन्। अमेरिकामा स्वास्थ्य समस्या देखिएपछि उपचार तथा आराममा रहेको जानकारी उनले प्रदेशसभा सचिवालयलाई गराएका थिए।

स्वास्थ्यमा सुधार भएपछि नेपाल फर्किने बताएका भए पनि उनी हालसम्म नेपाल नफर्किएको सचिवालयले जनाएको छ। सचिवालयका अनुसार देउवा पछिल्ला २७ वटा प्रदेशसभा बैठकमा अनुपस्थित रहेका छन्।

छैटौँ अधिवेशनका पाँचवटा बैठकमा लगातार अनुपस्थित भएपछि देउवाले गत चैत २३ गते सभामुखलाई पत्र पठाएर आफू अमेरिकामा स्वास्थ्य परीक्षण तथा उपचारका क्रममा रहेको जानकारी गराएका थिए। स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किने प्रतिबद्धता जनाए पनि त्यसपछि उनी प्रदेशसभा बैठकमा सहभागी भएका छैनन्।

११ महिनामा ७ लाख ५३ हजार रुपैयाँ भुक्तानी

देउवाको लामो अनुपस्थितिसँगै सांसद पद कायम रहेको अवधिमा राज्यबाट प्राप्त सेवा–सुविधाको विषयसमेत चर्चामा आएको छ।

प्रदेशसभा सचिवालयका अनुसार पछिल्लो ११ महिनामा देउवाको खातामा पारिश्रमिक तथा विभिन्न सेवा–सुविधाबापत ७ लाख ५३ हजार ५ सय रुपैयाँ भुक्तानी भएको छ।

सांसदलाई मासिक पारिश्रमिकसहित धारा–बिजुली, सञ्चार, अतिथि सत्कारलगायत शीर्षकमा गरी मासिक ६८ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको सचिवालयले जनाएको छ।

देउवा कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (२) बाट सुदूरपश्चिम प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

लामो समयसम्म प्रदेशसभा बैठकमा अनुपस्थित रहेको र अनुपस्थितिका लागि आवश्यक संवैधानिक प्रक्रिया पूरा नभएको आधारमा उनको पद रिक्त गरिएको प्रदेशसभा सचिवालयले जनाएको छ। अब रिक्त पदबारे प्रदेशसभा बैठकमा औपचारिक जानकारी गराएपछि निर्वाचन आयोगमार्फत आवश्यक प्रक्रिया अघि बढ्नेछ।

Advertisement Banner
Previous Post

कांग्रेसको १५औँ महाधिवेशनको नयाँ निर्वाचन तालिका सार्वजनिक

Next Post

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

Editorial Team

Editorial Team

Next Post
नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

नेपाल रेडक्रसको जग्गा खरिदमा अनियमितता

Recommended

Nepal hotels to ban single-use plastic by 2024

Nepal’s foreign trade deficit surged to Rs 649.68 billion in the first five months of the current fiscal year

9 months ago
Bhaktapur chamber elects new leadership for two-year term

Bhaktapur chamber elects new leadership for two-year term

8 months ago

Don't Miss

Praarthanaa: An Orison for Nepal by W. J. Manares

Praarthanaa: An Orison for Nepal by W. J. Manares

September 3, 2026
Rasuwa flood: 987 bodies recovered, Over 12,000 people rescued

Govt estimates over 6,000 private houses destroyed in Bhote Koshi and Trishuli floods

September 2, 2026
Nepal flood: Death toll reaches 903

Bhote Koshi flood insurance claims reach Rs 25.87 billion

September 2, 2026
India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

India sends fifth Air Force plane carrying 5.5 tons of medicines to Nepal for disaster relief

September 2, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.