दाहाल यज्ञनिधिका कविताहरू प्रकाशन

 

नेपाली साहित्य, सञ्चार कर्म र संस्कृतिका क्षेत्रमा सुपरिचित किर्तिशेष दाहाल यज्ञनिधिका कविताहरूको सङ्कलन’दाहाल यज्ञनिधिका कविता’ नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरेको छ । यसलाई  साहित्य (पद्यकाव्य) विभागकोपरियोजना अन्तर्गत कवि एवं सम्पादक देवकुमारी  लुइटेल  ’देवु’द्वारा  तयार पारिएको  हो । यसको पहिलो खण्डमा दाहाल  यज्ञनिधि र उनका कवितात्मक प्रवृत्तिहरूका बारेमा चर्चा गरिएको छ भने दोस्रो खण्डमा दाहाल यज्ञनिधिका पद्य, गद्य र गीति कविता सङ्कलन गरिएका छन् । कीर्तिशेष भइसकेका तर रचना सङ्कलन हुन बाँकी भई ओझेलमा परेका कविहरूका  कविता सङ्कलन गर्ने, गराउने प्रज्ञाको नीति बमोजिम यस कृतिको अनुसन्धान र प्रकाशन भएको हो । यसमा दाहाल यज्ञनिधिका बारेमा आधिकारिक खोज र अनुसन्धान गर्दै आएकी देवुको निकै ठुलो मिहिनेत परेको छ । २२५ मूल्य रहेकोयो पुस्तक नेप्रप्रको पुस्तक बिक्री कक्ष र आधिकारिक बिक्रेताहरूका पुस्तक वितरण केन्द्रमा उपलब्ध छ ।

Comments are closed.