ध.च. गोतामे स्मृति सम्मान २०७८ सुमन वर्षाको अन्ततः यन्त्रणा उपन्यासलाई

 

काठमाडौँ, वैशाख २५,  नेपाल प्रज्ञा–प्रतिष्ठान, कमलादीमा एक समारोहका बीच उपलब्धि साहित्य उपसमितिले आयोजना गरेको ‘उपलब्धि आख्यान दिवस–वैशाख २५’का अवसरमा सम्मान तथा पुरस्कारको घोषणा गरेको छ । डा. ध्रुवचन्द्र गौतमद्वारा स्थापित ‘दीप–गोविन्द स्मृति कोष’बाट अर्पण गरिने चार पुरस्कार तथा सम्मान मध्ये साहित्यकार सुमन वर्षाको अन्ततः यन्त्रणाः उपन्यासका लागि ध.च.गोतामे स्मृति सम्मान–२०७८ले सम्मान गर्ने निर्णय गरेको छ । उक्त सम्मान उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना दिवस, २०७९ साउन ७ गतेका दिनको समारोहमा समर्पण गरिनेछ ।

Comments are closed.