बिमला निरौलाका कृतिहरु लोकार्पण

काठमाडौँ: फाल्गुन ५ गते अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको आयोजनामा अनेसास केन्द्रकी सचिव साहित्यकार बिमला ढुंगानाका ओथारो बसेका सपनाहरु र काव्य पराग नामक दुई कृतिहरुको लोकार्पण सम्पन्न भयो । अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीको सभापतित्व तथा प्रा.तुलसी दिवसको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठापना  सम्पन्न भएको थियो । लोकार्पित दुबै कृतिहरु वरिष्ठ कवि तुलसी दिवस, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निवर्तमान अध्यक्ष एवं वर्तमान सल्लाहकार राधेश्याम लेकाली, साहित्यकारहरु रामकुमार पाण्डे, दामोदर पुडासैनी, डा. शान्तिमाया गिरि, प्रा.डा. खगेन्द्र लुइटेल, अनेसासकी केन्द्रीय उपाध्यक्ष बाबा बस्नेत, सदस्य रेणुका थापा र अनेसास नेपालकी अध्यक्ष सन्ध्या पहाडीले संयुक्त रुपमा लोकार्पण गरेका थिए ।

 

लोकार्पित दुबै कृतिका बारे साहित्यकार दामोदर पुडासैनी र डा. शान्तिमाया गिरिले आआफ्नो समीक्षात्मक मन्तव्य राखेका थिए । यसैगरी कार्यक्रमका प्रमुख अतिथि तुलसी दिवस, अध्यक्ष सन्ध्या पहाडी, साहित्यकारहरु राधेश्याम लेकाली, रामकुमार पाण्डे, प्रा. डा. खगेन्द्र लुइटेल र वरिष्ठ रंगकर्मी मदनदास श्रेष्ठले आआफ्नो शुभकामना मन्तव्य राखेका थिए ।

 

अनेसास नेपाल कार्यसमिति उपाध्यक्ष राजेन्द्र के. सी. ले अनेसासका केन्द्रिय अध्यक्ष प्रकाश पौडेल माइलाले पठाएको मन्तव्य वाचन गरेका थिए भने लोकार्पित कृतिबाट अनेसास पुरस्कार समितिकी सदस्य दीपा राई पुन अमेरिका र सुमन बर्षाले एकएक ओटा कविता वाचन गरेका थिए ।

 

रन्जना निरौलाले सन्चालन गरेको यस कार्यक्रममा डा गार्गी शर्मा, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, नियात्रा समाज नेपालका अध्यक्ष प्रतीक ढकाल, कवि कृष्ण प्रसाई, सीता विष्ट कार्की, एनआरएनए भाषा, साहित्य, संस्कृति संरक्षण तथा सम्पदा प्रवर्धन समितिका उपाध्यक्ष महेश्वर पन्त, बोस्टन, राजु सिटौला, कोलोराडो, गीता कार्की, रुकु कार्की, फणिन्द्र निरौला, मधु पाठक, विमला तुम्खेवा, राजेश खनाल, कवि दीपा राई पुन आदिको उपस्थिति रहेको थियो ।

Comments are closed.