३ डिसेम्वर २०२३, नयां दिल्ली फाउण्डेसन अफ सार्क राइटर्स एण्ड लिटरेचर अर्थात् फोसवालको आयोजनामा आज शुरू भएको फोसवाल लिटरेचर फेस्टिभलमा नेपालका दुई साहित्यकारहरू मंजुल र गोविन्द गिरी प्रेरणालाई फोसवाल लिटरेचर अवार्ड प्रदान गरिएको छ । प्रख्यात भारतीय साहित्यकार तथा फोसवालकी अध्यक्ष अजित कौर र भारतका लागि नेपाली राजदूत डा.शंकरप्रसाद शर्माले अवार्ड हस्तान्तरण गरेका थिए । फोसवाल लिटरेचर अवार्ड नेपालका मंजुल, प्रेरणा सहित वंगलादेशका प्रोफेसर फकरूल आलम, भुटानकी छादोर वांगमे तफा श्रीलंकाका डा. कांडिय श्रीगनेशनले प्राप्त गरेका थिए । आगामि ६ डिसेम्वरसम्म चल्ने सो फेस्टिभलमा नेपालका साहित्यकारहरू डा. अभि सुवेदी, विधान आचार्य, संस्कृति दुवाडी, नाज सिंह, भीष्म उप्रेती, डा. एकप्रसाद दुवाडी, मुकुन्द प्रयास, रोशन परियार, मंजुल तथा गोविन्द गिरी प्रेरणा सहभागी भएका छन् । पहिलो दिनको कार्यक्रममा डा. अभि सुवेदीले भक्ति, बुध्दिजम, सुफिजम सेसन तथा अंगुइस ओभर द टू सेन्सलेस वार्स सेसनमा आफ्नो धारणा राखेका थिए भने अतिथिको रूपमा भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले नेपाली साहित्यको चर्चा गरेका थिए ।
Trending Now
- जनप्रतिनिधि, कर्मचारी र शिक्षकले आफ्ना बालबालिका अनिवार्य सामुदायिक विद्यालयमा पढाउनुपर्ने
- शिक्षक आन्दोलन : पारस्परिक संवादबाट ‘प्याकेज’मै निकास खोजिँदै
- Another American award for cancer specialist Dr. Sonia
- भूपाल राईको निबन्ध कृति ‘शब्द सायारेम’ लोकार्पण
- डा. अमर कार्कीको “क्षितिजपारी” कथासंग्रह लोकार्पित
- साहित्यिक पत्रिका ‘गरिमा’को कार्यकारी सम्पादकमा न्यौपाने
- इजरायलले रद्द गर्यो २७ फ्रान्सेली सांसदको भिसा
- २०औं दिनको शिक्षक आन्दोलन : सवारी ‘डाइभर्सन’,यात्रीलाई सास्ती
- प्रधानमन्त्रीद्वारा नेपालीमूलका कलाकारको प्रतिभाको सराहना
- कांग्रेस कार्यवाहक सभापतिको जिम्मेवारी खड्कालाई
Comments are closed.