Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology
No Result
View All Result
No Result
View All Result
Home Entertainment

अभिनेत्री सुरक्षा पन्त  कान्समा सहभागी हुँदै

himalaya Diary News Service by himalaya Diary News Service
May 18, 2022
in Entertainment, Nepal, Women
0
अभिनेत्री सुरक्षा पन्त  कान्समा सहभागी हुँदै
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

 

काठमाडौँ — अभिनेत्री सुरक्षा पन्त विश्व प्रसिद्ध फिल्म फेस्टिभल कान्समा सहभागी हुँदै

छिन् ।  विदेशी फिल्म ‘द एइट माउन्टेन्स’मा निभाएको एक पात्रको भूमिकाले उनलाई कान्समा पुर्‍याएको हो । उक्त फिल्म मनाङका केही भागमा छायांकन गरिएको गरिएको थियो ।

 

अवार्ड जितेको उपन्यास ‘द एइट माउन्टेन्स’मा आधारित फिल्म कान्समा जेठ ४ गते प्रिमियर हुँदैछ । फेलिक्स भ्यान जोर्जियन र सार्लोट भ्यान्डरमियर्स निर्देशित फिल्मले कान्स  पुर्‍याएको हो उनलाई । कान्सको मुख्य प्रतिस्पर्धाका लागि फिल्म छनोट परेको थियो। सुरक्षाले सामाजिक सञ्जाल फेसबुकमा खुसी हुँदै उनी कान्समा सहभागी हुने कुरा सार्वजनिक गरेकी हुन् ।

‘कान्स फिल्म फेस्टिभल २०२२ मा जाँदैछु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौडधुपमा मसँगै दौडिने सहयोगी साथीहरुलाई माया अनि सम्मान छ। केही समयअघि एउटा अन्तर्राष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थियो,’ उनले लेखेकी छन्, ‘त्यही फिल्म द एइट माउन्टेन्सको केही अंशको छायांकन नेपालको मनाङमा गरिएको थियो। उक्त फिल्म कान्सको मुख्य प्रतिस्पर्धामा छानिएको खबर पाएसँगै निमन्त्रणा आयो अनि जाने तय गरेँ।’

पन्तले लेखेकी छन्,’मसँग तितोमिठो अनुभव छ जुन कुनै दिन हजुरहरु माझ सुनाउँला, भोलि जाँदैछु। उताको यात्राको पनि मसंग बहुमुल्य अनुभव हुनेछन्।’ ‘द एइट माउन्टेन्स’का निर्देशक फेलिक्सको फिल्म ‘द ब्रोकन सर्कल ब्रेकडाउन’ यसअघि ८६ औं अस्करको उत्कृष्ट विदेशी भाषाको फिल्मतर्फ मनोनयनमा परेको थियो ।

Advertisement Banner
Previous Post

आठ जनालाई नइ बाल पुरस्कार

Next Post

जरा फाउण्डेसनले मनायो २५६५ बुद्ध जयन्ति

himalaya Diary News Service

himalaya Diary News Service

Next Post
जरा फाउण्डेसनले मनायो २५६५ बुद्ध जयन्ति

जरा फाउण्डेसनले मनायो २५६५ बुद्ध जयन्ति

Recommended

Nepal Chief Secretary Aryal vows to up dignity of civil service

Nepal Chief Secretary Aryal vows to up dignity of civil service

5 months ago
Nepal and India fast-track Rs 15 billion petroleum pipeline projects

Nepal and India fast-track Rs 15 billion petroleum pipeline projects

3 months ago

Don't Miss

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

डा. दामोदर पुडासैनीको अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ प्रकाशित

April 30, 2026
काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

काठमाडौँ जिल्ला भित्रका सबै अनधिकृत बस्ती वैशाख १८ गते बिहान ७ बजेबाट खालि गराइने

April 30, 2026
राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

राष्ट्रपतिलाई सरकारले सिफारिश गरेका अध्यादेशहरू

April 30, 2026
काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

काँग्रेसले प्रदेश मन्त्री र सांसदसहित ७ जनालाई सोध्यो स्पष्टीकरण

April 30, 2026
Himalaya Diary -Leading News Portal from Nepal, Kathmandu, Asia

Copyright © 2025 Himalaya Diary.

Navigate Site

  • About Us
  • Editor In Chief
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • Business
  • News
    • India
    • Nepal
    • South Asia
    • World
  • Education
  • Literature
  • Sports
  • Literary Festival & Event
  • Science & Technology

Copyright © 2025 Himalaya Diary.