मूर्च्छना’ गीति संग्रह विमोचन

गीतकार टीका भट्टराई नेपालको पाँचौं कृति संग्रह ‘मूर्च्छना’ को तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथिभरा मन्दिरमा पुगेर विमोचन गरिएको छ।
साहित्य सर्जक तथा गीत सृजनाका उदाउँदा नक्षत्र ताप्लेजुङका सहायक प्रमुख जिल्ला अधिकारी टंक भट्टराईले कृति विमोचन गरेका हुन्।
नारायणगोपाल स्मृति प्रतिष्ठान बिर्तामोड झापाले आयोजना गरेको कार्यक्रममा कृति विमोचन भएको कञ्चनजंघा साहित्यिक प्रतिष्ठानका अध्यक्ष कमलप्रसाद भट्टराईले जानकारी दिए।
गीत संगीतमा प्रयोगमा आउने सातवटा अक्षर ‘सारेगमपधनिस’ भित्र पर्ने आरोह–अवरोहको संकेत भावका रुपमा ‘मूच्र्छना’ तयार गरिएको सर्जक भट्टराईले बताइन्। ‘मूच्र्छना’ गीति संग्रह हो।

Comments are closed.