काठमाडौं । अग्रज कथाकार पद्मावती सिंहलाई ‘धनमान कथा पुरस्कार, २०८०’ प्रदान गरिएको छ । शनिबार भक्तपुरमा लघुकथा समाज, नेपालले आयोजना गरेको कार्यक्रममा नाट्यकर्मी अशेष मल्लले सो पुरस्कार प्रदान गरे । १० हजार रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको लघुकथा समाजले जनाएको छ ।
सोही अवसरमा पुरस्कारका संस्थापक कथाकार धनमान श्रेष्ठको कथाकृति ‘टाढाको सम्झना’को लोकार्पण गरियो । पुनः मुद्रण गरिएको यो कृति पहिले ०३२ सालमा प्रकाशित भएको थियो । कृतिमा यसअघि ६ कथा मात्र रहेकामा १० वटा थप गरेर प्रकाशित गरिएको हो ।
कार्यक्रममा मल्लले अबका पुस्तामा पठन संस्कृतिको अभिवृद्धिका निम्ति कामा गरिनुपर्नेमा जोड दिए । उनले डिजिटल माध्यमको अत्यधिक प्रयोग गर्दै पुस्तक पठनमा विद्यार्थीवर्गको संख्या बढाउनुपर्ने बताए । मल्लले पद्मावती सिंहको कथाकारिताको चर्चा गरे ।
Comments are closed.