काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि चीनका राजदूत छन सङबीच भेटवार्ता भएको छ । उनीहरुबीच बुधबार गृह मन्त्रालयमा भेटवार्ता भएको हो ।भेटमा राजदूत छनले नेपालको बृहत्तर हितका लागि सधैं सहकार्य हुने भन्दै सीमा व्यवस्थापनका लागि मन्त्रालयस्तरीय समन्वय र सहकार्य बढाउन आवश्यक रहेको बताए ।
त्यस्तै कानून कार्यान्वयन गराउने सरकारी निकायको क्षमता विकास र विस्तारसहित प्रहरीका लागि आवश्यक सवारी साधनको व्यवस्थापन, त्रिभूवन विमानस्थलसहित अन्य अध्यागमन कार्यालयको सुदृढीकरण र प्रणालीको सुधारका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको गृह मन्त्रालयको सचिवालयले जनाएको छ।गृहमन्त्री लामिछानेले चीनले गरेको आर्थिक वृद्धि, रोजगारी सिर्जना, प्रविधिको उपयोग र गरिबी निवारणबाट नेपालले सिक्नुपर्ने भन्दै नेपालको विकाससहित विशेषतः विपद्का बेला चीनले गर्दै आएको सहयोग अविस्मरणीय रहेको र त्यसले निरन्तरता पाउने अपेक्षा राखेको बताइएको छ ।साथै भेटवार्ताकै क्रममा चीनका राजदूतले समकक्षी वाङ्ग छियाहङ्गका तर्फबाट गृहमन्त्री लामिछानेलाई चीन भ्रमणको निम्तोसमेत दिएका छन् ।
Trending Now
- प्रा.डा. रामप्रसाद ज्ञवालीलाई रिमाल पुरस्कार
- कल्पतरूद्वारा स्रष्टा सम्मान एवं पुरस्कार-२०८१ को घोषणा
- The government will establish its own satellite in Nepal and provide Internet through satellite
- काँग्रेसले गरेको अवरोधको मूल्य काँग्रेसले चुकाउनु पर्छ:धानमन्त्री पुष्पकमल दाहाल
- प्रधानमन्त्रीलाई विश्वासको मत दिन रास्वपाको ह्विप, जनमतको पनि साथ
- Jimny Rara Adventure: ‘A Ride with a Cause’ complete
- Secertary-General of BIMSTEC H.E. Mr. Indra Mani Pandey called on Foreign Secretary Ms. Sewa Lamsal at her office today
- विश्वासको मत लिने कार्यसूची रहेको बैठक कांग्रेसको अवरोधले स्थगित
- तिब्बतीयन मुस्ताङ अ कल्चरल रेनेसा’ सार्वजनिक
- Nepali opposition leaders stage protest in parliament demanding formation of an investigation committee against Home Minister Rabi Lamichhane in case of cooperative fraud
Comments are closed.