पारिजात स्मृति केन्द्रको आयोजनामा साहित्यकार पारिजातको ३१ औं स्मृति दिवस सम्पन्न गरिएको छ। यस अवसरमा स्रष्टा एवम् अधिकारकर्मीहरुलाई पारिजातका नाममा स्थापित विभिन्न सम्मानहरू समर्पण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा- प्रतिष्ठानका कुलपति भूपाल राई, प्रगतिवादी समालोचक निनु चापागाई, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति रायन र पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलले पारिजात बालसाहित्य सम्मान – २०८० बाट बाल साहित्यकार प्रा. डा. धुर्व घिमिरेलाई , पारिजात कला सम्मान – २०८० बाट जनवादी गीतकार उदय श्रेष्ठलाई, पारिजात सृजन सम्मान – २०८० बाट कवि शोभा दुलाललाई र पारिजात संघर्षशील नारी सम्मान – २०८० बाट संघर्षशील नारी सम्मान निर्मला देवि साहलाई समर्पण गर्नुभयो ।
उक्त समारोहमा वरिष्ठ साहित्यकार एवम् साहित्यिक पत्रकार मोहन दुवालले पारिजातसँग विताएका विगतका समयहरुको संस्मरण गर्दै नेपाली साहित्यमा पारिजातले पुऱ्याउनु भएको योगदानको चर्चा गर्नुभयो ।
पारिजात स्मृति केन्द्रका कोषाध्यक्ष डा. विन्दु शर्माले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा कार्यसमिति सदस्य अमृता शर्माले सम्मानित व्यक्तित्वहरुको योगदानको चर्चा गर्नुभएको थियो।
प्रमुख अतिथिको रुपमा मन्तव्य राख्नु हुँदै कुलपति भूपाल राईले पारिजात एकजना साहित्यकार मात्र नभएर ‘विचारधारा’ कै रूपमा स्थापित हुनुभएको व्यक्तित्व हुनुहुन्थ्यो भन्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानले पारिजात विचारधारालाई छलफलको विषय बनाउन चाहिरहेको बताउनुभयो
सम्मानित प्रतिभाहरु प्रा. डा. धुर्व घिमिरेलाई , उदय श्रेष्ठ र शोभा दुलालले सम्मानित हुँदाका आफ्ना अनुभूति राख्नुभएको उक्त समारोहमा स्मृति केन्द्रका उपाध्यक्ष इन्दिरा दलीले धन्यवाद मन्तव्य राख्नुभएको थियो ।
पारिजात स्मृति केन्द्रका अध्यक्ष मातृका पोखरेलको सभापतित्वमा सम्पन्न उक्त कार्यकमको संचालन केन्द्रका महासचिव दिलसुन्दर श्रेष्ठले गर्नुभएको थियो ।
Trending Now
- UK overachieves another carbon emissions target and rejects rollover
- Global leaders agree to launch first international network of AI Safety Institutes to boost cooperation of AI
- UK Prime Minister Rishi Sunak hosted a reception at Downing Street to celebrate 100 years of UK-Nepal friendship
- पोर्चुगलमा विशेष कार्यक्रमका साथ बुद्धजयन्ती मनाइँदै
- Mansarovar Yatra: There is a lot of excitement at Rasuwagadhi crossing
- जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने
- बागलुङका ११ हजार बालबालिकालाई आइपीभी खोप लगाइँदै
- Ten thousand tourists reached Rara in ten months
- प्रमुख प्रतिपक्षीले कांग्रेसको नाराबाजीबीच संसद्मा नीति तथा कार्यक्रम टेबल
- इन्स्पेक्टर पौडेलले गरे विश्वको सर्वोच्च शिखर आरोहण,
Comments are closed.