मार्कस स्टोइनिसको सानदार शतकमा लखनउ सुपर जायन्ट्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ को ३९ औं खेलमा घरेलु टोली चेन्नईलाई ६ विकेटले हराएको छ ।
२११ रनको लक्ष्य पछ्याएको लखनउले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो । लखनउको जितमा मार्कस स्टोइनिसले ६३ बलमा १३ चौका र ६ छक्कासहित १२४ रनको अविजित शतकीय इनिङ खेले ।
लखनउलाई जित्नलाई अन्तिम ६ बलमा १७ रन चाहिएको थियो । मुश्ताफिजुर रहमानलाई छक्का, चौका, नो बलमा चौका र फेरि पनि चौका हान्दै उनले सहजै खेल जिताए ।निकोलस पुरन १५ बलमा ३ चौका र २ छक्कासहित ३४, देवदत्त पाडिक्कल १३, राहुल १६ र क्विन्टन डि कक शून्यमा आउट भए । दीपक हुडाले ६ बलमा २ चौका र १ छक्कासहित १७ रन बनाए ।
चेन्नईका मथिसा पाथिरानाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । दीपक चाहर र मुश्ताफिजुर रहमानले १–१ विकेट लिए ।
त्यसअघि घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको चेन्नईले २० ओभरमा ४ विकेट गुमाउँदै २१० रन बनाएको थियो । चेन्नईका कप्तान ऋतुराज गायकवाडले ६० बलमा १२ चौका र ३ छक्कासहित १०८ रनको शतकीय इनिङ खेले पनि जिताउन सकेनन् ।
शिवम दुबेले २७ बलमा ३ चौका र ७ छक्कासहित ६६, अजिंक्या रहाणे १, डर्याल मिचेल ११ र रविन्द्र जडेजाले १६ रन बनाए । लखनउका म्याट हेनरी, मोहसिन खान र यश ठाकुरले १/१ विकेट लिए ।लखनउ ८ खेलमा ५ मा जितसहत १० अंकका साथ चौथो स्थानमा छ । चेन्नई ८ खेलमा समान चारमा हार र जितका साथ पाँचौं स्थानमा छ । राजस्थान ८ खेलमा ७ मा जितका साथ शीर्षस्थानमा छ ।
Trending Now
- वेस्ट बैंकको जेनिनमा इजरायली हवाई हमला : १ जनाको मृत्यु, ८ घाइते
- मिलन राईको गिरफ्तारीविरुद्ध ११ वटा संगठनको विरोध
- राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
- भारतसँग सम्बन्ध सुधार्छौं : पाकिस्तान
- जति पटक लिनुपरे पनि विश्वासको मत पाउँछु : प्रधानमन्त्री
- संसद् सधैँ बन्धक बन्न सक्दैन: सभामुख घिमिरे
- संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री तयार
- चितवनको देवनगर सबस्टेसन उद्घाटन
- पाथीभरामा एक महिनामा ६९ लाखभन्दा बढी भेटी संकलन
- राति १२ बजेदेखि मधेसका चार जिल्लाको सीमानाका बन्द
Comments are closed.