काठमाडौं । व्यवसायी तथा यात्रा साहित्यका अग्रज स्रष्टा साहित्यकार घनश्याम राजकर्णिकारको अनुसन्धानमूलक संस्मरणात्मक कृति ‘सम्झनामा मेरा पुर्खा’ एक समारोहकाबीच लोकार्पण गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार राजकर्णिकारले यो संस्मरणात्मक कृति आफूले स्पष्टरूपमा लेख्ने प्रयास गरेको बताए । उनले मानिसले आफ्ना पुर्खालाई बिर्सन नहुने उल्लेख गरे । राजकर्णिकारको यस संस्मरणकृतिमा उनका पिता–पुर्खाको संघर्ष, कृष्ण पाउरोटीको स्थापना र अहिलेको स्थितिलाई प्रस्तुत गरिएको छ ।कार्यक्रममा समालोचक प्रा.डा. कृष्णप्रसाद दाहालले राजकर्णिकार परिवारको इतिहास मात्र नभएर औद्योगिक उन्नतिको कथा यस पुस्तकमा समेटिएको बताए ।
अर्का समीक्षक महेश पौड्यालले राजकर्णिकारका पुर्खाहरूको गाथासहित नेपालमा पाउरोटी उद्योगको इतिहास यसले बोलेको उल्लेख गरे ।
नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले साहित्यकार राजकर्णिकारले इमानदार भएर यो कृति लेखेको बताए । उक्त अवसरमा पद्मावती सिंह, देविका तिमिल्सिना र नील ताम्राकारले बोलेका थिए ।
Trending Now
- मीना चौलागाईंको ‘मनोकाङ्क्षा’ मुक्तकसंग्रह सार्वजनिक
- खेमराज पोखरेलको लघुकथाकृति ‘एकालाप’माथि परिचर्चा सम्पन्न
- Indian Army Chief Dwivedi reaches Muktinath
- रवि लामिछानेलाई आज समय थप्नका लागि अदालत उपस्थित गराइने
- आजदेखि स-शुक्ल धरहरा चढ्न पाइने
- बिजेपी गठबन्धनलाई महाराष्ट्रमा भारी बहुमत
- गढीमाई मेलाको तयारी सुरू
- यस वर्ष मनकामना केबलकारले साढे १३ लाख यात्रुलाई सेवा दिने
- स्थानीय तह उपनिर्वाचनका लागि मतपत्र
- Indian Army Chief in Pokhara: Honors gallantry award winners
Comments are closed.