काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न पाँच वटा समितिहरू गठन गरेको छ। क्यानले बुधबार प्रतियोगिता, विकास, अनुशासन, प्राविधिक र महिला क्रिकेट विकास समिति गठन गरेको हो। प्रतियोगिता समितिको संयोजकमा दिवाकर घले तथा सदस्यमा अर्जुन पौडेल, सुदिप शर्मा, श्रीधर केसी, मो. दाउद अन्सारी र देवेन्द्र प्रजु छन्। विकास समितिमा धिरेन्द्र सावद संयोजक र करन महत्रा क्षेत्री, ऋषिराम गौतम, मनिष सिंह र अल्विन बस्नेत सदस्य छन् ।
यसैगरी, अनुशासन समिति संयोजक सुदीप शर्मा हुँदा सदस्यमा रोचक रेग्मी र सुनिल कार्की छन्। प्राविधिक समितिको संयोजकमा विक्रम विष्ट तथा आयुष श्रेष्ठ, संजयकान्त सिग्देल, विनयकुमार झा र महेश रिजाल सदस्य छन्।
यस्तै, महिला क्रिकेट विकास समिति प्रदीप मजगैंया संयोजक र जयन्तीदेवी भट्ट सदस्य छन्। सबै समितिका संयोजक र सदस्यको कार्यकाल २ वर्षको हुने क्यानले जनाएको छ।
Trending Now
- २७ देशका राजदूत इलामको अन्तुमा भेला हुँदै
- लेखक आकाश अधिकारीलाई ‘दीपा-जनमत सम्मान’
- गोकर्णेश्वर कला साहित्य प्रतिष्ठानद्वारा ‘वसन्त काव्य गोष्ठी’ सम्पन्न
- नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार’ ‘नवप्रज्ञापन’लाई प्रदान
- रमा-कृष्ण सृजना प्रतिष्ठानद्वारा विविध विधाका छजना साधकहरू सम्मानित
- नारायणगोपाल संगीत पुरस्कार २०८१ घोषणा
- NASA, SpaceX to launch new crew mission
- पाँचौँ नेपाल–जापान न्युरोसर्जरी सम्मेलन आजदेखि सुरु
- रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
- खोटाङको हलेसीमा १५ दिने रामनवमी मेला सुरु
Comments are closed.